सुनसरी प्रहरीले एक महिनामा २३८ जना फरार अभियुक्त पक्राउ, पक्राउ सबैलाई कैद भुक्तानीको लागि कारागार चलान


अजमल अन्सारी
सुनसरी । सुनसरी जिल्ला प्रहरी कार्यालयले एक महिना फरारी अभियानमा विषेश सुराकीको अधारमा २३८ जना फरार अभियुक्तहरुलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा ५५ जना महिला र १ सय ८३ जना पुरुष रहेको छन्। विभिन्न समयमा घटेका आपराधिक घटनामा संलग्न रहेका फरारीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरि घटेका मुद्धा अन्तरगत कार्वाहीको लागि सुनसरी जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सन्जय शिंह थापाले बताउनुभयो ।
सुनसरी अदालतबाट कैद र जरिवाना तोकिएको,फैसला भई तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरु विषेश सुराकीको अधारमा खोजतलास गरी पक्राउ गरिएको छ । विभिन्न अपराधजन्य मुद्धाहरु फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालय सुनसरी टोलीले श्रावण १ गते देखी चलाएको अभियानमा २३८ जनालाई नियन्त्रणमा लिएर सुनसरी अदालतमा कार्यवाहीको लागि पेश गरिएको छ । सुनसरी प्रहरीको फरारी पक्राउको अभियान अपराधीक घटना घटाई समाजमा निस्फिक्री हिड्ने प्रवृतिका विरुद्द यो अभियान लक्षित गरिएको सुनसरी प्रहरी उपरीक्षक थापाले बताउनुभयो।
अपराध गरी जतिसुकै भागेपनि उन्मुक्ति पाउन सकिदैन वा कानूनी दायराबाट उम्कन सकिदैन भन्ने सन्देश समेत यो अभियानले दिएको छ । यसै अभियान अन्तरगत एक महिना अवधीमा पक्राउ परेका फरार प्रतिवादीहरु मध्ये कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचार आदीमा सजाय तोकिएकाहरु रहेको सुनसरी प्रहरीले जानकारी दिनुभयो। पक्राउ परेका फरार अपराधीहरुवाट ४९ वर्ष कैदसजाय फर्छ्योट भएको समेत रहेको छ र नौ लाख पैतिस हजार तीन सय उनान्साठी रुपैया जरिवाना समेत असुल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
फरार पक्राउ क्रममा २०६६ बैशाख १६ गते आफ्नी ५ वर्षिया नातिनी सोशिला कुमारी खत्वेलाई घाटी बटारी मारेर प्लाष्टिकको बोरामा हालेर खेतमा गाडी फरार रहेका वसन्त खत्वे समेत रहेको छ, खत्वेलाई जिल्ला अदालत सुनसरीबाट जन्म कैद सजाय तोकिएको छ।
यसैक्रममा फरारी पक्राउ अभियानमा अब्दुललाई डाका मुद्दा ६ वर्ष र बहत्तर हजार सातसय पचास रुपैया जरिवाना, ईसराइललाई डाका मुद्धामा ६ वर्ष र बहत्तर हजार सातसय पचास रुपैयाँ जरिवाना, हनिफलाई अपहरण र शरीर बन्धक मुद्धामा ११ बर्ष कैद र एक लाख जरिवाना, बसन्तलाई कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद रहेको जस्ता अपराधीहरु रहेको जिल्ला प्रहरी सुनसरीले जनाएका छन् ।






















