मौसम

आज देशभरको मौसम कस्तो रहला ?

नवलपुर टुडे
२०८२ फाल्गुन ४ | बिहान ०६:११ बजे

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा/हिमपात भइरहेको छ।

सोमबार तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा  आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम  मुख्यतया सफा रहनेछ ।

 

कमेन्टहरु