राष्ट्रपति रामचन्द्र पौडेलले गरे पशुपतिनाथको दर्शन

नवलपुर टुडे
२०८२ फाल्गुन ३ | मध्यान्ह ०७:११ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित आइतबार अपराह्न पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् ।
मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, स्थानीय नियकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारी लगायतका कर्मचारीले स्वागत गरेका थिए । महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ ।
त्यस्तै, प्रधानमन्त्री सुशीला कार्कीले पनि महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेकी छन् । प्रधानमन्त्री कार्कीलाई पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका थिए ।


















