प्रबास

जेलेन्स्कीले पुटिनलाई भने ‘दास’

एजेन्सी
२०८२ फाल्गुन ३ | मध्यान्ह १२:११ बजे

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्धको दास’ भनेका छन् । जर्मनीमा आयोजित म्युनिख सुरक्षा सम्मेलनमा जेलेन्स्कीले यस्तो बयान दिएका हुन् ।

पुटिन शक्ति बिना बाँच्नै नसक्ने अनि उनको पूर्ण ध्यान अहिले युक्रेनमाथि भएको पनि उनले बताए । जेलेन्स्कीले भने, ‘पुटिन सामान्य व्यक्ति जस्तै बाँच्दैनन् । उनी साधारण सडकमा हिँड्दैनन्, तपाईँले उनलाई क्याफेमा देख्नुहुने छैन…। उनी शक्ति बिना बाँच्ने कल्पना गर्न सक्दैनन् । उनलाई साधारण कुराहरूमा रुचि छैन ।’ 

पुटिनले युद्धको विचार त्याग्न नसक्ने पनि उनले भनेका थिए । ‘उनले आफूलाई जार (सम्राट्) मान्न सक्छन्, तर वास्तवमा उनी युद्धको दास हुन् ।’ जेलेन्स्कीले भने ।

कमेन्टहरु