देश

दोरम्बा शैलुङ्ग आलु प्रचण्डलाई कोसेली

जगत ठाडा मगर
२०७८ साउन २७ | बिहान ०९:०४ बजे

काठमाडौं । दोरम्बा शैलुङ्ग गाउँपालिकाले गाउँपालिकाभित्र उत्पादित हुने आलुको ब्राण्डिङको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोसेलीको रुपमा आलु उपलब्ध गराएको छ ।

गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले प्रचण्ड निवास खुमलटारमा पुगेर कोसेली आलु उपलब्ध गराएकी हुन् । उपाध्यक्ष घिसिङले गाउँपालिकाभित्र पछिल्लो समयमा आलु उत्पादनमा उत्साहजनक रुपमा बृद्धि भएको बताउदै गाउँपालिकाभित्र उत्पादित आलु अध्यक्ष प्रचण्डलाई कोसेली स्वरुप उपलब्ध गराइएको बताइन ।

भेटमा अध्यक्ष प्रचण्डले स्थानीय सरकारले कृषि क्षेत्रको विकासमा जोड दिनुपर्नेमा आग्रह गरेको उनले जानकारी दिइन । दोरम्बा शैलुङ्ग गाउँपालिकाभित्र बार्षिक रुपमा ८० हजार मेट्रिटन भन्दा बढी आलु उत्पादन हुने गरेको छ । गाउँपालिकाभित्रका किसानको मुख्य आय स्रोतको रुपमा आलु खेती सञ्चालन हुँदै आएको छ ।

कमेन्टहरु