आरजे शियाराम यादवलाई अन्तर्राष्ट्रिय ‘मोडेल अफ द इयर २०२६’ सम्मान


फाल्गुन -०३ । लहानका आरजे शियाराम यादवले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ए.एस.एन. अन्तर्राष्ट्रिय अवार्ड २०२६ अन्तर्गत ‘मोडेल अफ द इयर २०२६’ को अवार्ड तथा सम्मान पत्र प्राप्त गरेका छन्।एक विशेष समारोहका बीच विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा यादवलाई उक्त अवार्ड प्रदान गरिएको हो। मोडलिङ क्षेत्रमा निरन्तर मेहनत, अनुशासन र समर्पणका साथ सक्रिय रहँदै आएका यादवको योगदानको कदर स्वरूप यो सम्मान प्रदान गरिएको आयोजक समितिले जनाएको छ।
अवार्ड ग्रहणपछि प्रतिक्रिया दिँदै आरजे शियाराम यादवले यो सम्मान आफ्नो जीवनको अत्यन्तै गर्विलो र भावनात्मक क्षण भएको बताए। उनले यो उपलब्धिले भविष्यमा अझ राम्रो काम गर्न प्रेरणा मिलेको र आफ्नो क्षेत्रमा थप जिम्मेवारीका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
यस सम्मानसँगै आरजे शियाराम यादवले मोडलिङ क्षेत्रमा लहान तथा समग्र नेपालको पहिचान अझ उजागर हुने अपेक्षा गरिएको छ।


















