नवलपुर टुडेका कोशी प्रदेश प्रमुख पत्रकार देवराज यादव अन्तर्राष्ट्रिय सञ्चार अवार्डबाट सम्मानित


सुनसरी । नवलपुर टुडेका कोशी प्रदेश प्रमुख पत्रकार देवराजा यादवलाई अन्तर्राष्ट्रिय सञ्चार अवार्डबाट सम्मानित भएका छन । सुनसरीका पत्रकार देवराजा यादवले अन्तर्राष्ट्रिय सञ्चार अवार्ड प्राप्त गर्नुभएको हो।
अपन स्वर्ग नेपाल कला संस्कृति चलचित्र महासङ्घले विभिन्न विधामा नेपाल र भारतका साहित्य, कला र सञ्चार क्षेत्रका व्यक्तिलाई सुनसरी जिल्लाको इनरुवामा आयोजित कार्यक्रममा अवार्ड प्रदान गरेको हो । कार्यक्रममा नवलपुर टुडेका कोशी प्रदेश प्रमुख देवराजा यादवलाई सञ्चार अवार्ड प्रदान गरिएको हो ।
सुनसरी जिल्लामा रहेर सञ्चारकर्मबाट समाजमा योगदान गरेको भन्दै यादवलाई सञ्चार अवार्ड प्रदान गरिएको हो ।शनिबार महासङ्घका अध्यक्ष झोटन मेहता र विशेष अतिथि एसएन मेहताले यादवलाई सञ्चार अवार्ड प्रदान गरेका हुन ।
सोही कार्यक्रममा पत्रकार जयकृष्ण यादवसमेत अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन ।























