मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

बिरामीले थला परेकी चैती लवार उपचारमा आर्थिक समस्या

उमेश रोकाया
२०८२ फाल्गुन २ | मध्यान्ह ०४:११ बजे

बाजुरा, फागुन २ । बाजुरा जिल्ला हिमाली गाउँपालिका -६ पाँडी गाउँकी चैती लवार आर्थिक अभावले बाह्र वर्षदेखि उपचार गर्न नसकेर बिरामीले थला परेकी छन । घरमा आर्थिक अवस्था कमजोर हुँदा वर्षौंदेखि रोग पालेर बस्दै आएकी लवार उपचार सम्भव भएपनि उपचार गर्न सकिरहेका छैनन् । 

‎जन्मेको ४ वर्षसम्म हुँदा स्वास्थ्य अवस्था ठिकै थियोे । जब पाँच वर्ष लाग्नसाथ शारीरिक रूपमा दुब्लो हुँदै गएको हो । अहिलेसम्म पनि भुइँमा पल्टाए भने पल्टेको पल्टै हुने हात खुट्टा चलाउन गाह्रो भएको छ । दिसापिसाब गराउन पनि उठाएर भित्रबाहिर गराउनुपर्ने अवस्था छ । शारीरिक अवस्था जटिलता हुँदा हुँदै समस्या भयो । उपचार गर्न सुबिधा सम्पन्न ठाउँ काठमाडौ दुइचोटी पुग्यो । स्वास्थ चेकजाँच गरेर उपचार सम्भव भएपनि घरको आर्थिक अवस्था कम्जोर भएकै कारणले उपचार पुरा हुन नसेकेर काठमाडौ बाट घर फर्कनु पर्ने बाध्यता भएको उनको आमा मयकला लवारले बताउनुभयो ।

‎अहिले आफ्नी छोरी चैती लवारको उमेर १६ वर्ष भयो । उनको बिरामी जन्मेको चार वर्ष हुँदा देखि बिरामीले थला परेको हुन । घरबाट काठमाडौ उपचार गर्न लग्यो, तर पैसाको अभावले चेकजाँच नगरी घर ल्याउनुपर्ने अवस्था आएको हो । घरमा आयोस्रोत आधार केही नहुदा आफ्नो छोरीको उपचार अहिलेसम्म हुन सकिरहेको छैन ।

‎आफ्नो छोरीको उपचार गरेर पुरै सन्चो नभए पनि भित्र बाहिर हिड्न सक्नेसम्म बनाउन पाए भन्ने सोच थियो तर पैसाको समस्याले उपचार गर्ने समस्याले गर्दा यहाँ पहिलेभन्दा झन गार्‍हो हुँदै गइरहेको छ । एकपटक उपचार गर्न धनगढी लगेको हो । स्वास्थ चेकजाँच गरेर डाक्टरले भने तपाईंको छोरी उपचार हुन्छ तर ३/४ लाख लाग्छ भनेपछि आर्थिक समस्याकै कारण फेरि पनि घरमा फिर्ता ल्याउनुपर्ने अवस्था भएको हो । यदि छोरी उपचार गर्न कसैले सहयोग गर्छन् भने जहाँ भनेपनी पुर्‍याउन तयार भएको उनका बुवा किस्न लवारले बताउनुभयो ।

कमेन्टहरु