मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश

उमेदवार गिरी मतदाता बिच भेटघाट

उमेश रोकाया
२०८२ फाल्गुन २ | मध्यान्ह ०२:११ बजे

‎बाजुरा, फागुन २ । बाजुरा जिल्लामा आगामी फागुन २१ गते निर्वाचनमा नेपाली काङ्ग्रेस बाजुराबाट प्रतिनिधि सभा सदस्य जनक गिरी घरदैलो कार्यक्रम व्यस्त रहेका छन । चुनाव नजिकिँदै गर्दै नेपाली काङ्ग्रेसबाट उम्मेद्बारी जनक गिरी सहित केन्द्र , प्रदेश , जिल्ला भित्रका नेताकार्यकर्ता अहिले मतदान घरदैलोमा भेटघाट तिव्र गति अगाडि बढिरहेका छन ।

‎बाजुरा जिल्ला खप्तड छेडेदह गाउँपालिकाबाट नेपाली काङ्ग्रेस घरदैलो सुरु गरेको बुढीगग नगरपालिका र त्रिवेणी नगरपालिका घरदैलो अभियान सकिएर बडिमालिका नगरपालिका – ६ को वडाबाट अहिले घरदैलो अभियान कार्यक्रम चलिरहेको छ । बडिमालिका नगरपालिका क्षेत्रमा नेपाली काँग्रेसको चुनावी घरदैलो कार्यक्रममा नेता तथा कार्यकर्ताको सहभागिताले स्थानीय बासिन्दामा उत्साह देखिएको जनाइएको छ ।

घरदैलोका क्रममा स्थानीय बासिन्दाहरूले नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला प्रतिनिधि सभा सदस्य उम्मेदवार जनकराज गिरिको जित सुनिश्चित भएको बताएका छन् । स्थानीयका अनुसार विकासवादी नेतृत्वको रूपमा जनकराज गिरि नै एकमात्र उपयुक्त उम्मेदवार भएको धारणा व्यक्त गरिएको छ ।

‎कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गिरिले चुनाव जितेपछि बाजुरेली जनताले दिएको मतको सम्मान गर्दै विकास निर्माणका कार्यलाई तीव्र रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जनताको विश्वासलाई खेरजान नदिने र जिल्लाको समग्र विकासका लागि निरन्तर लागिरहने बताउनुभयो ।

कमेन्टहरु