अपराध

रुपन्देहीबाट लागुऔषधसहित तीन जना पक्राउ

नवलपुर टुडे
२०८२ फाल्गुन २ | मध्यान्ह ०२:११ बजे

बुटवल, फाल्गुन २ । रुपन्देहीमा अबैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका- ८ कान्छी बजार घर भई हाल सिद्धार्थनगर नगरपालिका- १२ आवारोड बस्ने बर्ष ४० को बिशाल प्रताप राणा, सोही नगरपालिका- ७ भैरहवागाउँ बस्ने बर्ष २२ को अरबाज मुसलमान र कैलाली घोडाघोडी नगरपालिका- १ पहलमानपुर बस्ने बर्ष २८ को बिकाश बहादुर सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

उनीहरुलाई लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका- १२ आवारो स्थितमा लागुऔषधको कारोवार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरेका हुन । उनीहरुको साथबाट गाँजा १ केजी, चरेस १०० ग्राम, मोबाइल ३ र डिजिटल तराजु १ थानसहित बरामद गरिएको छ । आरोपित तीनै जनालाई जिल्ला प्रहरी कार्यालय भैरहवाको हिरासतमा राखी थप अनुसन्धान भैईरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु