निर्वाचन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

हिमाली गाउँपालिकामा मतदाता शिक्षा सम्बन्धि अभिमुखिकरण सम्पन्न

उमेश रोकाया
२०८२ फाल्गुन २ | बिहान ०९:११ बजे

‎बाजुरा, फागुन २ । जिल्लाको हिमाली गाउँपालिकामा मतदाता शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिका भित्रका बिधालय शिक्षेक तथा पालिकामा रहेका कर्मचारीहरुलाई एक दिने मतदाता शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ । वडा स्वयंसेवक तथा कर्मचारीहरुलाई मतदाता जागरण तथा निर्वाचन आयोग ऐन नियम बारेमा छलफल गरिएको छ ।

‎मतदाता सम्बन्धि वडा टोल बस्तीमा मतदान कसरी गर्ने विषयमा जानकारी गराउने वडा स्थरमा रहेका स्वयंसेवक तथा वडा कर्मचारी द्रारा स्थानीय लाई सहयोग पुर्‍याउन मतदाता सम्बन्धि शिक्षा आदानप्रदान गराउने हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले बताएका छन।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मत बदर हुने जोखिम न्यूनिकरण र मतदातालाई सचेत बनाउने लक्ष्यसहित निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई स्थानीय तहसम्म विस्तार गरेको छ । मतदाता शिक्षालाई अब वडास्तरसम्म पुर्‍याउने उद्देश्यले आयोगले माघ १९ गतेदेखि विशेष कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । यस कार्यक्रमअन्तर्गत प्रत्येक स्थानीय तहका सबै वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिनेछ ।

‎आयोगका अनुसार मतदातालाई मतदान प्रक्रिया, सही मतसङ्केत प्रयोग र मिथ्या सूचना पहिचान गर्न सक्षम बनाउने उद्देश्यले शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखिएको हो । यसले मत बदर हुने अवस्था घटाउने र मताधिकारको सही उपयोगमा सहयोग पुग्ने विश्वास लिएको छ ।

‎आगामी फागुन २१ गते हुने निर्वाचनमा मतपत्र धेरै बदर भएको हुँदा वडा कर्मचारी तथा स्वास्थ स्वयंसेवक लाई वडा बस्ती हुँदै टोलमा जनचेतनामूलक कार्यक्रम गराउन बताएको बताएको । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा स्थानीय नागरिक थप मतपत्र बदर नहुने तरिकाले विशेषगरी मतदाता शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

कमेन्टहरु