मौसम

आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

नवलपुर टुडे
२०८२ फाल्गुन १ | बिहान ०६:११ बजे

काठमाडौँ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल  कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो तराई भू(भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया  बादल र  बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा  साधरणतया  बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
 
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्टहरु