दुर्घटना

नवलपुरमा स्कारपियोको ठक्करबाट बालकको मृत्यु, एक घाइते

नवलपुर टुडे
२०८२ माघ २९ | मध्यान्ह ०७:१० बजे

नवलपुर, २९ माघ । नवलपुरको देवचुली नगरपालिका–१४ देवचुली चोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियोले साइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन्।

बिहिवार दिउँसो करिब ३:०५ बजे कावासोतीबाट रजहरतर्फ जाँदै गरेको बा २१ च ५१६८ नम्बरको स्कारपियोले साइकलयात्रीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा साइकलको पछाडि सवार देवचुली नगरपालिका–१४ निवासी १४ वर्षीय रिप्सन सुनार गम्भीर घाइते भएको थियो। उनलाई प्रारम्भिक उपचारका लागि देवचुली अस्पताल प्रालि दलदले लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन रिफर गरिएकोमा साँझ ५:५२ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

यस्तै, साइकल चालक देवचुली–१४ कै १३ वर्षीय रिजन धितालको दुवै हातखुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीले स्कारपियो, साइकल तथा स्कारपियो चालक देवचुली नगरपालिका–४ झाक्रे निवासी २२ वर्षीय धन बहादुर सार्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको नवलपु्र प्रहरीले नवलपुर टुडेलाई जानकारी दिएको छ।

कमेन्टहरु