देश

विद्युत् प्राधिकरणमा कुलमान नियुक्त, हितेन्द्र ऊर्जा आयोगमा

जगत ठाडा मगर
२०७८ साउन २७ | बिहान ०७:०४ बजे

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याक भएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिए । आयोगमा विशिष्ट श्रेणी पद सिर्जना गरेर शाक्यलाई सरुवा गरिएको हो । शाक्यले अहिले खाइपाइ आएको सुविधा नघट्ने गरी आयोगमा लगिने भएको छ ।

शाक्यले पनि यसअघि आफूलाई अन्याय नहुने गरी अन्य जिम्मेवारी दिए प्राधिकरणको कार्यकारी निर्देशक छोड्ने बताएका थिए ।

कमेन्टहरु