चुनावमा मात्र पुगिने मुगुको मुन्दु गाउँ


मुगु । मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर ६ भित्र पर्ने मुन्दुगाउँ चुनावमा जस्तोसुकै कठिनाइ अवस्था पार गरेर भएपनि चुनावमा उम्मेदवारहरु भोट माग्न पुग्छन् । तर चुनाव सकिसकेपछि त्यो गाउँलाई सौतेनी आमाको रूममा लिन्छ । अहिलेसम्म जितेर गएका नेता मुन्दु गाउँमा फर्केको कुनै रेकर्ड छैन।
मुगु जिल्लाको सदरमुकामबाट निकै टाढा रहेको गाउँ न त यातायातको सुविधा छ। न त शिक्षाको छ । न त स्वास्थ्यको सेवा छ। यस क्षेत्रका मानिसहरूलाई मुगु जिल्लाका राजनीतिक दलले हेर्ने नजर नै फरक छ । तर यस छायानाथ रारा नगरपालिकाभित्र वडा न ६ भित्र सबैभन्दा बढी कृषिमा आधारित जनसङ्ख्या रहेको छ ।
यस वडाभित्र उत्पादन भएका हरेक फलफुलदेखि जडिबुटी पशु चौपायजिल्ला हुँदै विभिन्न जिल्लामा पुगिरहेका छन् । तर यस वडा र गाउँलाई हेरिने जनप्रतिनिधिको सोच एकदम नेगेटिभ छ । यस वडा भित्र मुन्दु गाउँमा अहिलेसम्म शिक्षाको क्षेत्रभित्र १० क्लासभन्दा माथि राम्रोसँग पढेका कुनै योग्य युवाहरू छैनन्। राज्यको सेवा सुविधाबाट निकै टाढा रहेको यो गाउँ हो।
मुन्दु गाउँ यो गाउँका मानिसहरू पशु जस्तै जिन्दगी जिइरहेका छन् । चुनावमा नेताहरू आउने लाटा सोझालाई हावागफ र झुक्याएर मत माग्ने प्रविधि पुर्खाबाट चलिआएको छ। मुन्दुबाट विशाल राहुलको रिपोर्ट ।























