भोजपुरमा मतदाता शिक्षा कार्यक्रम

रासस
२०८२ माघ २९ | मध्यान्ह १२:१० बजे

भोजपुर, माघ २९। जिल्ला निर्वाचन कार्यालयले मत बदर हुन नदिन आगामी फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।उक्त कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
मतदाता शिक्षा विशेष कार्यक्रमअन्तर्गत जिल्लाका ८१ वटै वडामा मतदाता स्वयंसेवक नियुक्त गरिएका छन् । प्रत्येक वडामा खटाइएका स्वयंसेवकले घरघरमा पुगेर मतदातालाई सिकाउने छन् । सार्वजनिकस्थल तथा सामुदायिक भवनमा समूहगत रूपमा पनि मतदानसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।


















