प्रदेश २ का प्रमुखले साहको निधन प्रति शोक व्यक्त

जगत ठाडा मगर
२०७८ साउन २६ | मध्यान्ह ०९:०४ बजे

राजविराज । प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको हजुरबुबाको १०७ वर्षको उमेरमा सोमबार निधन भएको छ ।
निधन प्रति प्रदेश २ सरकारले शोक वक्तव्य जारी गरेका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर ५ मन्त्री साहको भेटघाट गर्दै उनको हजुरबुबा प्रति श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।
सप्तरी निवासी धनीलाल साहको १०७ वर्षको उमेरमा साउन २५ गते सोमबारका दिन उनको निधन भएको थियो । उनको निधन प्रति दुःख प्रकट गर्दै प्रदेश २ का प्रमुख डा राजेश झा (अहिराजं)ले शोक वक्तव्य जारी गरेका छन् ।
प्रदेश प्रमुख झाद्वारा जारी वक्तव्य मार्फत मृत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु साथै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।






















