गृहमन्त्री अर्यालद्वारा निर्वाचनको तयारीबारे छलफल

रासस
२०८२ माघ २७ | मध्यान्ह ०५:१० बजे

काठमाडौँ, माघ २७। गृहमन्त्री ओमप्रकाश अर्याल निर्वाचन आयोग जानुभई निर्वाचन सुरक्षा, निर्वाचनको तयारीका लागि भइरहेको कामका बारेमा छलफल गर्नुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका बारेमा जानकारी लिन आयोग पुग्नुभएका गृहमन्त्री अर्यालले शान्तिसुरक्षा र मन्त्रालयले गरिरहेका कामका बारेमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरुसँग छलफल गर्नुभएको हो ।


















