देश

ताप्लेजुङमा भूकम्पको धक्का

रासस
२०८२ माघ २७ | बिहान ०७:१० बजे

काठमाडौँ । ताप्लेजुङको कञ्चनजङ्घा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज (मंगलबार) बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प गएको स्थान नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ ।

कमेन्टहरु