कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

हिमालीमा फलफूल खेतीप्रति किसान आकर्षण

उमेश रोकाया
२०८२ माघ २६ | बिहान ०९:१० बजे

बाजुरा, माघ २६ । फलफूल खेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । हिमाली गाउँपालिकाका विभिन्न स्थानका किसानले स्याउ खेती गरिरहेका छन् । सुरुमा स्याउ खेती गर्दा आफ्नै पैसाले किनेर स्याउ बोट रोपेका हुन । केही बोट हिमाली गाउँपालिकाको वृक्षारोपण कार्यक्रम सञ्चालन सुरु भएपछि स्याउ संगै ओखर सहयोग पाएपछि बोट लगाएको हुन । करिव एक जना परिवारले २० देखि सय भन्दा बढीको स्याउ बोट रोपिएको छन । गाउँपालिकाले दिएका बोट फल्ने गरेका छन

‎पछिल्लो समयमा गाउँका कृषकहरू फलफूल खेतिमा आकर्षक बढदै गएको छ । जति फलफूल खेतीपाती बढ्दै गयो उत्तिकै स्याउ रुखमा फलाउने गरेका छन । स्याउ रुखमा फल्न सुरु गरेको छ । पहिला भन्दा आजभोलि स्याउ र ओखर दुबै खेतीमा बढ्दो आकर्षक बढ्दै गएको कृषक मोहन रावतले बताएका छन।

‎स्याउ खेतीपाती कृषक चासो उत्तिकै बढ्दै गएको छ । जसका कारण वर्षमा तुलनात्मक रूपमा पहिलेको भन्दा अहिले स्याउ बोटमा लटरम्म फल्ने गरेका छन । जति बारीमा स्याउ उत्पादन फस्टाएको भएपनि अहिले आफू खाने र आफन्तलाई दिइने पुगेको छ । पहिलेको भन्दा अहिले स्याउका बोट हिमाली गाउँपालिकाले दिएपछि बोट थपिएको छन । स्याउ खेतीलाई व्यवसायी रूपमा गरियो भने आम्दानीको स्रोत पनि उत्तिकै बढने देखिन्छ। केहि स्याउका बोट पहिल्यै रोपिएको केही बोट पालिकाले दिएपछि स्याउ खेतीमा विस्तार गरेको स्थानीय कृषक नरजित रावलले बताउनुभयो ।

सबै बोट रुखमा फल्ने गरेका छन । स्याउ सिजनमा ६० देखि ८० रुपैयाँको प्रतिकिलो दरले स्याउ बिक्री गर्दै आएका छन् । वर्षमा जति रुख ठुलो हुँदै जान्छन् त्यतिकै स्याउ बोटमा फल्ने गरेको छ । पहिले भन्दा अहिले स्याउ खेतीपातीमा धेरै चासो राखेको छन । अरु अन्नबाली खेती गर्नु भन्दा फलफूल खेतीबाट आम्दानी हुने सम्भावना भएको हुँदा धेरै कृषक स्याउ खेतिमा बढ्दो आकर्षक रहेकोे कृषक रावलले बताए ।

हिमाली गाउँपालिका स्याउ खेतीमा बढ्दो आकर्षक नभई अहिले पालिका ७ वडाका सबै किसानलाई वृक्षरोपण कार्यक्रम अन्तर्गत फलफूल खेती स्याउ, ओखर, कागति र सुन्तला बोट वितरण गरि प्रशस्त लगाएका छन । धेरै ठाउँमा फलफूल रोपिएको बगैंचामा फल्ने पनि सुरु गरेको छन । विगतको समय भन्दा अहिले फलफूल खेतीमा हिमाली गाउँपालिका अधिकास कृषक बढदो आकर्षक रहेकोे हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

कृषकलाई फलफूल फलाउने मात्र नभई यसलाई बजारीकरण गराउन गाउँपालिकाको केन्द्र धुलाचौरमा कोल्ड स्टोर भवन निर्माण गरिएको छ । अहिले फलफूल संगै स्थानीय रैथाने बाली लाई बजारीकरण गराउन वडामा रष्टिक केन्द्र र फलफूल स्टोर केन्द्र एक कोठा अलगअलग भवन निर्माणका भएको छ ।

‎अहिले फलफूल खेतिमा हिमाली गाउँपालिका भरी ३५ हजार भन्दा बढी बोट लगाएर रुखमा फल्न सुरु गरेको छ । कृषकहरूले उत्पादन गरेको फलफूल कुनैकुनै खेर जान नदिन त्यसको बजारीकरण गर्नेका लागि पालिकाले ठुलो भुमिका निभाउन भएको अध्यक्ष मल्लले बताउनुभयो ।

कमेन्टहरु