दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास
युएईमा महाशिवरात्रि विशेष कार्यक्रम आयोजना हुने


प्रवास दुवई, युएई— महाशिवरात्रिको पावन अवसरमा धर्म, भक्ति, एकता र आत्मशुद्धिको भावनालाई सुदृढ बनाउने उद्देश्यसहित युएईमा भव्य धार्मिक कार्यक्रम आयोजना हुने भएको छ। हिन्दु जागरण नेपाल यु.ए.ई. र स्याङ्जा सहयोग समाज युएईको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो।
कार्यक्रममा श्री बैष्णव परिषद युएई, गल्याङ नगर समाज युएई, कालीगण्डकी समाज स्याङ्जा युएई, वालिङ् यु.ए.ई. सम्पर्क समाज (Walling Samaj) तथा चापाकोट एकता समाज यु.ए.ई.को सहकार्य रहेको छ।
महाशिवरात्रि विशेष कार्यक्रममा शिव पूजा, सामूहिक आरती, भक्तिमय भजन–कीर्तन, सांस्कृतिक प्रस्तुति तथा टीका र प्रसादी ग्रहणको व्यवस्था गरिएको आयोजकले जनाएको छ। कार्यक्रममार्फत युएईवासी सनातनी धर्मावलम्बीहरूलाई धार्मिक आस्था र सामूहिक एकताको भावनामा जोड्ने लक्ष्य राखिएको छ।
आयोजक संस्थाहरूले युएईमा बसोबास गर्ने सम्पूर्ण सनातनी श्रद्धालुहरूलाई कार्यक्रममा उपस्थित भई पुण्य आर्जन गर्न हार्दिक निमन्त्रणा गरेका छन्।
कार्यक्रम विवरण:
- मिति: 15 February 2026, आइतबार (०३ फागुन २०८२, त्रयोदशी)
- समय: दिउँसो 12:30 बजे देखि
- स्थान: ROCK NAMASTE Hall, Astoria Hotel, बरदुबई
महाशिवरात्रिको अवसरमा आयोजना हुने यस धार्मिक एवं सांस्कृतिक कार्यक्रममा उल्लेख्य सहभागिता रहने अपेक्षा आयोजकको छ।























