दुबई यूएई, देश, धर्म–संस्कृति/रीतिथिति
नेपाली झण्डा: पहिचान, गर्व र सम्भावनाको प्रतीक

नेपाली झण्डा: पहिचान, गर्व र सम्भावनाको प्रतीक
विश्वका राष्ट्रहरूबीच नेपाललाई चिनाउने सबैभन्दा विशिष्ट पहिचानमध्ये एक हो—नेपाली राष्ट्रिय झण्डा। विश्वमै एकमात्र असमकोणीय (non-rectangular) झण्डा भएको देश नेपाल हो, जसको डिजाइन सरल तर अत्यन्त अर्थपूर्ण छ।
अन्य देशका आयाताकार झण्डा समात्न सामान्यतया छ जना आवश्यक पर्ने भए पनि, नेपाली झण्डा केवल चार जनाले सजिलै समात्न सकिन्छ। यो तथ्यले नेपालीहरूको स्रोतसाधनको दक्ष प्रयोग र व्यावहारिक सोचलाई झल्काउँछ । झण्डामा रहेको सूर्य र चन्द्रमा ले नेपाल रहिरहने, अटल र शाश्वत राष्ट्रको प्रतीक बोक्दछ भने रातो र नीलो रंगले वीरता, शान्ति र साहसको सन्देश दिन्छ।
यही गर्वको भावना हालै T20 विश्वकपमा नेपालको सहभागितासँग जोडिँदा अझ प्रगाढ बनेको छ। सानो भूगोल र सीमित स्रोतसाधन हुँदाहुँदै पनि विश्वमञ्चमा नेपालको उपस्थिति आफैंमा ऐतिहासिक उपलब्धि हो।
विशेषज्ञहरूका अनुसार, यदि नेपालीहरूले आफ्नो साँचो शक्ति, पहिचान र सम्भावनालाई चिन्न र सदुपयोग गर्न सके, नेपालले खेलकुद, संस्कृति, प्रविधि र विकासका हरेक क्षेत्रमा उल्लेखनीय फड्को मार्न सक्छ। नेपाली झण्डा केवल कपडाको टुक्रा होइन, यो आत्मविश्वास, इतिहास र भविष्यको सम्भावनाको प्रतीक हो।























