इराकी सुरक्षाबलको कारबाहीमा ७ जना विद्रोही मारिए


राक । इराकी सुरक्षाबलले दुईवटा छुट्टाछुट्टै कारबाहीका क्रममा ७ जना विद्रोही मारिएको जनाएको छ। सुरक्षा अधिकारीहरूले शुक्रबार उक्त जानकारी दिएका हुन्।
सैन्य गुप्तचर निर्देशनालयले केही दिनसम्म गरेको निगरानीपछि आक्रमण गरिएको जनाइएको छ । आक्रमणका क्रममा चारै जना विद्रोही मारिनुका साथै उनीहरूले प्रयोग गर्दै आएका दुवै अड्डा पूर्णरूपमा ध्वस्त पारिएको छ । अड्डामा रहेका रसद सामग्री, उपकरण तथा हातहतियारसमेत नष्ट गरिएको सुरक्षा निकायले जनाएको छ।
यसैबिच,पश्चिमी अनबार प्रान्तमा पनि अर्को कारबाही गरिएको छ। इराकी राष्ट्रिय सुरक्षा सेवाका अनुसार सुरक्षाबलले एक विद्रोही अड्डालाई घेराबन्दीमा पारेका थिए। सो अड्डामा अनबार क्षेत्रको तथाकथित सुरक्षा प्रमुखसहित उनका दुई सहयोगी लुकेर बसेका थिए ।
घेराबन्दीका क्रममा ती विद्रोहीहरूले आफूलाई विस्फोट गराएर आत्मघाती हमला गरेका थिए, जसका कारण उनीहरू मारिएका छन् । इराकले सन् दुई हजार सत्रमा विद्रोही संगठनमाथि विजय घोषणा गरे पनि त्यस समूहका बाँकी तत्वहरूले अझै पनि विभिन्न शहर, मरुभूमि र दुर्गम क्षेत्रमा सुरक्षाबल तथा सर्वसाधारणमाथि आक्रमण गर्दै आएको सुरक्षा निकायले जनाएको छ।























