इतिहास, कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, पर्यटन, प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, मानवअधिकार, मुख्य समाचार, राजनीति, लुम्बिनी प्रदेश, विचार/ब्लग, शिक्षा, समाज, साहित्य, सुदुरपश्चिम प्रदेश
हिरक जयन्तीमा स्मारिका प्रकाशन र सहभागी हुने कार्यक्रम


याम बहादुर थापा मगर
बागलुङ नगरपालिका १०,भकुण्डे, धौलेचउर
सस्मरणको आराम्भ
शिक्षाको जग,विद्याको ज्योति,सरस्वतीको मन्दिर,अध्यारो भविष्यको तेश्रो आँखाको रुपमा रहेको विद्यालयका बारेमा फरक धारणा बोकेर र सोचेर किन लेख लेखु कि नलेखु भन्ने भावना र विचार उनान्सय प्रतिशत हावी हुँदाहुदै पनि एक प्रतिशतको अल्पमतको कदर होओस भनेर आत्म सस्मरण त हो नि भनेर लेख लेख्ने सोचले ग्रस्त भएर नमिठो र मिठो जे भएपनि दैनिकी न हो भनेर लेख्ने निचोडमा पुगे । किन आफुले अध्ययन गरेको विद्यालयमा हिरक जयन्ती समारोह राष्ट्रपति रामचन्द्र पौडेल आउने कार्यक्रममा सहभागी हुने योजना बुनेको थिए । किनकी म सामाजिक सञ्जालमा जानकारी प्राप्त गरेपछि आयोजक सदस्य बनेको पेज नम्बर १९६ को एस एल सी सम्मीलित २०५२ मा क्र.स.६ मा नामावली भएको तथा आयोजक सदस्य नम्बर ४२६ मा दर्ता भएको र सामाजिक सञ्जाल मार्फत नै प्राध्यानाध्यापक कृष्ण प्रसाद पौडेलले निमन्त्रणा दिएकोले माघे सक्रान्तिको विदाको दिन भएकोले सहभागी हुने सोच बनाएको थिए । तर अन्तिम समयमा मैले धौलागिरी अफसेट प्रेस बागलुङमा म एम.ए. समाजशास्त्र÷मानवशास्त्रको शोधपत्र वेण्डिङ गर्ने काम लिएर जाँदा प्रोपाइटर लक्ष्मण प्रसाद शर्माले आगामी एक हप्तासम्म काम हुदैन है सर भनेर राखेर जान अनुरोध गर्नु भयो । मैले सबै काम सकेको तर व्याण्डिङमा गर्ने काम बाँकी थियो । तर सो काम भएन भन्दै किन सर भनेर प्रश्न गर्दा त्रिभुवन माध्यमिक विद्यालय पैयुपाटाको हिरक जयन्ती समारोहको मायाको चिनो,प्रमाणपत्र र स्मारिका प्रकाशनको कामले भाइहरु व्यस्त हुनुहुन्छ । रातदिन काम गर्दा पनि भ्याउने काम नभएकोले व्यस्त भएको जानकारी दिए । अनि मैले त्रिभुवन माध्यमिक विद्यालय,पैयुपाटाको स्मारिका २०८२ को सम्पादन भैसकेको र कटीङ हुन बाँकी रहेको किताबहरुको चाङबाट एक प्रति झिकेर सरासर हेर्ने काम गरे । दोहार्याइ, तेह्रार्याइ हेर्दा पनि मेरो नाम र प्रकाशीत भएको लेख देखिन । सरासर हेर्दा मलाई हजुरको लेख समावेश भएको छ भनेर वचन दिने उमानाथ शर्मा सरको आशले पुरा पेज हेर्दा लेख प्रकाशनमा समावेश नभएको पाएपछि म त्रिभुवन माध्यमिक विद्यालय,पैयुपाटाको सफलता,अग्रगामी पाइला चालोस भनेर शुभकामना शब्दबाट दिने तर भौतिक रुपमा सहभागी हुन नजाने सोच बनाए । भकुण्डे,अर्वाउदीमा हिमश्री युवा क्लबले माघे सक्रान्ति मेला औपचारिक रुपमा सहभागी हुने निर्णय गरे ।
यदि यो विचार संस्मरणात्मक लेख पुरा अध्ययन गरेर सकारात्मक सोच र अन्र्तक्रियात्मक बहस गर्न तयार छु । भन्छन्् समाजमा राडीलाई लैजान्छु नभन्नु, दुखीलाई दिम्ला नभन्नु । मलाई पनि हिरक स्मारीका लेख प्रकाशन गर्ने धोको,इच्छा र मनोभावना सामाजिक सञ्जालमा सुचना देखेर विद्यालयको इमेल ठेगानामा पठाए । लेख इमेल पठाएपछि साना किसान कृषि सहकारी संस्था लि.पैयुपाटाका प्रबन्धक चन्द्र प्रसाद शर्मालाई फोन गरेर जसरी पनि हिरक स्मारिका मेरो लेख प्रकाशन गरिदिन हुन साथीको हैसियतले अनुरोध गरे । तर चन्द्र प्रसाद शर्माले तर चुडामणि शर्मालाई भन्नुपर्छ भनेपछि मोबाइल नम्वर मागेर चुडामणि शर्मालाई फोन गरे । चुडामणि शर्मा सरलाई मेरो नाम याम बहादुर रामजाली थापा मगर भएपनि नागरिकता प्रमाण पत्रमा याम बहादुर थापा मगर भएको जानकारी दिए । हिरक स्मारिका प्रकाशनमा मेरो लेख समावेश गरिदिन अनुरोध गरे । हुन्छ वा हुन्न केही नभने पछि मैले प्रकाशन होला भनेर ढुक्क भए ।
हिरक स्मारिका प्रकाशन गर्ने समयको तिन, चार महिना पछि त्रिभुवन माध्यमिक विद्यालय,पैयुपाटाका उमानाथ शर्माले मलाई फोन गरेर हजुर इमेल पाइयो । तर अलि लेख लामो भयो । कम्तीमा तिन पेजमा सम्म हुने गरि सम्पादन गरेर फेरी पठाउन मलाई फोन गरेर बताएपछि मैले बहुत कठिन र अप्ठयारो मानेर तिन पेजमा ढालेर फेरी विद्यालयको इमेल ठेगानामा पठाए । उमानाथ शर्मालाई पुर्नलेखन गरेर लेख पठाएको बारेमा जानकारी फोन गरेर समेत दिए । सायद अव मेरो लेख प्रकाशन भएको एक प्रति हिरक स्मारिका पाउने आशामा दिन बिताउदै गएको थिए । त्यस भन्दा अगाडी प्राध्यानाध्यापक कृष्ण प्रसाद पौडेलसँग सामाजिक सञ्जालसँग फेसटुफेस कुराकानी भएको थियो । कुराकानीको क्रममा स्मारिका प्रकाशन समितिलाई हजुरको लेख उपलब्ध गराएको तर प्रकाशन गर्ने नगर्ने बारेमा समिति जिम्मेबार हुने कुरा जानकारी दिनुभयो । साथै हिरक स्मारिकामा प्रकाशन गर्न असमर्थ हुने छनक सिधै नभने पनिं रातो रंग जनाउने गरी संकेत दिनु भएको थियो । तर म उमानाथ शर्मा स्वयले फोन गर्नु भएको र चुडामणि शर्मालाई प्रत्यक्ष फोन गरेको हुनाले लेख प्रकाशन हुनेमा विश्वत थिए । विमोचन नहुँदै थाहा पाउँदा सहभागी हुन नजाने बरु लेखन कला स्वरुप थप नयाँ नयाँ सृजना गर्ने सोच र योजना बुन्दै दिने बिताउने सोचले ग्रस्त बने । हुन त मलाई भोलिका दिनहरुमा थुप्रै बैठक,अन्तक्र्रिया,सम्मेलन,भेला,प्रशिक्षण,तालिम,आमसभामा सहभागी हुने दिनहरु धेरै छन् । बुझने र सिक्ने थुप्रै अनिश्चित भविष्यलाई सार्थक बनाउन त बाँकी छ । तर शिक्षा दिने,विद्याको ज्योति छर्ने र ज्ञानको ज्योति दिपकको काम गर्ने मन्दिरका भगवान रुपी हर्ताकताहरुबाट म बर्बुरो माथिको झलक र छनकलाई लेखन मार्फत मनोभावना पोख्ने काम हो । सायद आयोजक सदस्य भएकोले एक प्रति हिरक जयन्ती स्मारिका विद्यालयको नियमानुसार पाउने आशा र विश्वासमा नै छु ।
त्रिभुवन माध्यमिक विद्यालयसँग साइनो
मैले कक्षा नौ मा अध्ययन गर्ने समयमा वि.स.२०५० तिर भैरव माध्यमिक विद्यालय,भकुण्डेमा खटपट परेपछि हामी घर दैलाको विद्यालय छोडेर दुई घण्टा टाढाको त्रिभुुवन माध्यमिक विद्यालय,पैयुपाटामा कक्षा नौ मा भर्ना भै अध्ययन अगाडि बढाउन तत्कालिन प्राध्यानाध्पक नरनारायण शर्माले समन्वय गरी दिनुभयो । कक्षामा म दोश्रो स्थान हासिल गर्ने र कम बोल्ने स्वभावको विद्यार्थीमा कक्षामा सहभागी थिए । मलाई अग्रेजी विषय अलि अप्ठयारो लाग्ने भएकोले एस.एल.सी.२०५२ सालमा दोश्रो श्रेणीमा पास गरेको थिए । हालसम्म शैक्षिक उन्नयनमा एक वर्षे स्नातक अर्थशास्त्र विषय शिक्षाशास्त्र संकाय धवलागिरी बहुमुखी क्याम्पस,बागलुङ र एल.एल.वि. अध्ययन पृथ्वीनारायण क्याम्पस,पोखराबाट पास गर्न असफल भए । साथै स्नातकोत्तर तह राजनीतिशास्त्र त्रिभुवन विश्वविद्यालय प्राइभेट, स्नातकोत्तर समाजशास्त्र÷मानवशास्त्र त्रिभुवन विश्वविद्यालय धवलागिरी बहुमुखी क्याम्पस,बागलुङ र स्नातकोत्तर तह जनप्रशासन शिक्षा त्रिभुवन विश्वविद्यालय,पाइभेट तहको उपाधि दिलाउनमा आधारस्तम्भको रुपमा त्रिभुवन माध्यमिक विद्यालय,पैयुपाटाले काम गरेको छ । विभिन्न सहकारी,गैरसरकारी सस्था,सरकारी सस्थाहरुका विभिन्न पदहरुमा पदासिन हुनमा त्रिभुवन माध्यमिक विद्यालय,पैयुपाटाको साइनो आजिवन रहने छ । भकुण्डे गाऊँ विकास समिति तत्कालीन समयको वलेवा क्षेत्रमा परेको भएपनि वलेवा क्षेत्रका अन्य गाऊँहरु जस्तो शिक्षित,अग्रणी,प्रगती,विकास नभएको क्षेत्रका रुपमा भकुण्डेलाई लिने गरिन्छ । नारायणस्थान,पैयुपाटा,अमलाचौर,कुश्मीशेराका मानिसहरुको साइनो र सम्बन्ध भकुण्डेका मानिसहरुसँग कुषि लगायत अन्य सामानहरु आदान प्रदान हुने गरेको कारण मलाई त्रिभुवन माध्यमिक विद्यालय,पैयुपाटामा अध्ययन गर्न पाइलाहरु अग्रसर भएका हुन । त्रिभुवन माध्यमिक विद्यालय,पैयुपाटामा अध्ययनरत गर्दा हामीमा राजनीतिक चेतना नभएको विद्यार्थीकालमा नेपाल विद्यार्थी संघको इकाई समिति, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौ तहका प्रारम्भीक कमिटीमा बस्ने प्रस्ताव आएपनि हामी ठाडो रुपमा अस्वीकार गरेका थियौ । हामीलाई अलिअलि सो समय विद्यार्थीकालमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको हावाले छोएको थियो । भकुण्डेका युवा,विद्यार्थी,महिलाहरु प्रजातान्त्रिक युवा संघ,अखिल नेपाल महिला संघ,अनेरास्ववियुमा आवद्ध भएर विभिन्न स्थानमा प्रतिनिधीको रुपमा सहभागी भएको जानकारी दिन्थे । त्रिभुवन माध्यमिक विद्यालय,पैयुपाटाको वार्षिक उत्सवमा भैरव माध्यमिक विद्यालय,भकुण्डेका खेलाडी विद्यार्थीहरु समय समयमा सहभागी हुन्थे । त्रिभुवन माध्यमिक विद्यालय,पैयुपाटाको अध्यापन समयको सिकाइले आज पनि मलाई ब्राहम्ण समुदायको रितीरिवाज बुझन गहिरोसँग गर्न अवसर मिलेको थियो । कक्षामा दोश्रो स्थान हासिल गर्दा ,हाजिरजवाफमा सहभागी हुँदा पुरस्कार स्वरुप पुस्तकहरु दिने संस्कृतिको गहिरो प्रभाव हालसम्म पनि जीवनपर्यन्त परेको छ । बलेवा पैयुपाटा बहुमुखी क्याम्पसको भवनका विद्यार्थीहरु देख्दा मैले पनि कहिले होला उच्च शिक्षा आर्जन गने भन्ने ज्ञानको भोको सँधै मनमा जागिरहन्थ्यो । भकुण्डेका मानिसहरु बलेवा एयरर्पोट,नारायणस्थान,कार्कीनेटा हुँदै पैदल यात्रा गर्ने घोडेटो बाटो रहेकोले सम्बन्ध गहिरो थियो । त्रिभुवन माध्यमिक विद्यालय,पैयुपाटामा सिगाना,रायडाँडा,भकुण्डे,नारायणस्थान,अमलाचौर लगायत विभिन्न गाऊँका विद्यार्थीहरु मैले अध्ययन गर्ने समयमा शैक्षिक केन्द्र थियो ।
हिरक जयन्तीको सन्दर्भमा स्मारिका प्रकाशन
विद्यालयहरुले रजत जयन्ती,स्वर्ण जयन्ती,हिरक जयन्त्तीका सन्दर्भमा स्मारिका प्रकाशन गर्न चलन छ । साथै विभिन्न संघ÷सस्थाहरुले नववर्ष,विजया दशमी,वार्षिक उत्सवको सन्दर्भमा स्मारिका प्रकाशन गर्ने प्रचलन छ । हिरक जयन्तीको सन्दर्भमा त्रिभुवन माध्यमिक विद्यालय,पैयुपाटाको सरासर हेर्ने सन्दर्भमा खाली एक दुई लेख स्मारीकाको लागि मात्र लेख्ने गरेका लेखकहरुको शैक्षिक,विचारमुलक,अनुसन्धानमुलक,उत्प्रेरणामुलक प्रतिवेदन सहित देखे । सायद आगामी दिनमा हिरक जयन्तीको स्मारिका मात्र लेख्ने सोखलाई आफु भित्रका थुप्रै शैक्षिक उन्नयनका इतिहास,सस्मरणहरु,अनुभवहरु लिपिबद्ध र अभिलेखीकरण हुने योजना र कार्यक्रम बनोस भन्ने आशा एव विश्वास लिन चाहान्छु । अहिलेका डिजिटल प्रविधिको युगमा पक्कै इतिहासका पानाहरु लोपोन्मुख भएका अवस्थामा छन् । स्मारिकामा लेख समावेश गर्ने प्रकाशन समितिका सदस्यहरु,विद्यालय परिवार र लेखकहरुको आगामी दिनहरुमा थप लेखनशिपमा अभिवृद्धि भै पुस्तक प्रकाशन गर्ने,विभिन्न अनलाइन,पत्रपत्रिकाहरुमा नियमित लेखन कार्यमा लाग्ने अभिप्रेरणा मिलोस । मैले त दैनिक कार्यालयको काम बाहेक फुर्सदको समयमा लेखन कार्यमा नै लगाउने अठोट र निर्णय सकारात्मक सोचका साथ गरी सकेको छु । आगामी दिनहरु कविता,लेख,विचार,सस्मरणका पुस्तकहरु प्रकाशन गरेमा त्रिभुवन माध्यमिक विद्यालयको पुस्तकायलयमा सौजन्य स्वरुप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछु । प्रकाशन समितिको निर्णय मलाई पुर्ण रुपमा स्वीकार योग्य छ । जसरी प्रकाशन हुन्छ भनेर दुई तिन पटक फोन वार्ता भयो त्यसैगरी प्रकाशन गर्न सकिएन भनेर जानकारी दिएको भएपनि म बुझाउने थिए । हिरक स्मारिका प्रकाशन भएका लेखहरुको शिर्षकहरुमा नजरबन्द लगाउँदा शिक्षामुलक,शिक्षा प्रशासन,उत्प्ररेणामुलक भन्दा पृथक खालको शिर्षहहरुमा लेख प्रकाशित भएको जानकारी लिए । भोलिका दिनमा निरन्तर रुपमा लेखन कार्य अगाडी बढाउन र पठन सस्कृतिमा लगाव वढाउन सकारात्मक प्रभाव मलाई छोडेको छ । लेखक बन्धुहरुमा भोलिका दिनमा कृति नै प्रकाशन गर्ने गरी लेखनका प्रस्तुतीहरु धारा प्रवाह बगिरहोस भन्ने कामना गर्दछु । ताकि विद्यालयले हरेक वर्ष निरन्तर रुपमा स्मारिका प्रकाशन गर्ने आँट आओस र तिन स्मारिका गर्ने स्थान दिई पठन सस्कृतिमा लगाव बढाओस । मलाई मेरो लेख प्रकाशन नभएको पछुतो, खिन्नता,आत्मग्लानी सदा स्मरण तरिकाले लागि रहोस ।
फरक बोली र फरक व्यवहार
लेखकलाई फोन गर्दै छोटकरीमा परिचय दिदै लेख छोटो बनाउन अनुरोध गर्ने बोली फोनबाट आउँछ । म पनि साहित्यमा रुचि राख्ने मानिस हो भन्ने जानकारी दिनुहुन्छ । एक जना कर्मचारी साथी शिव प्रसाद शर्मा तथा हिरक जयन्ती स्मारिका प्रकाशनका विशेष सहयोगीले हजुरको युटुव च्यानल कथा यात्रा नेपालबाट प्रत्यक्ष प्रसारण गर्ने वचन र योजना सुनाउनु हुन्छ । मैलै मौन स्वीकार गरे । स्मारिकाको सायद अन्तिम सम्पादनको चरणमा रहेको समय हुनुपर्छ । मलाई डा.राम बहादुर के.सी. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पुर्व सरकारी कर्मचारी र उमानाथ शर्मा सरले फोन गर्नुभयो । मोबाइल फोनको मैले लाउड स्पीकरमा लगाएर कोठामा छोरा र जिवनसंगीनीले पनि सुन्ने गरी फोन वार्ता गरे । मैले सम्मान र आदर गर्नुपर्ने मानिसले उल्टो मलाई नमस्कार गरेर कुराकानी सुरुवात गर्नुभयो । विस्तारै मरेर र कमाएर लाने केही हैन भन्दै हजुर विद्यालयको आयोजक सदस्य बन्नु भएछ । अव दश हजार थप गरेर सस्थापक सदस्य बन्न अनुरोध गर्नु भयो । मैले परिवारमा सल्लाह गरेर जानकारी दिन्छु भने । तर उहाँले परिवारले बुझदैन् हजुरले उदार मनका साथ सहयोग गर्न अनुरोध गर्नुभयो । ल हजुरलाई प्राध्यापाकले फोन गर्नुहुन्छ है भन्नुभयो । परिवारका सदस्यहरु विच प्रस्ताव राख्दा तपाईलाई सोझो देखेर र दिन्छ भनेर हो । उता ऋण तिर्न छोडेर दान दिनु पर्दैन । भन्दाभन्दै प्राध्यानाध्यपकको मोबाइलबाट फोन आयो र डा. राम बहादुर के.सीं.लाई पनि सोही जवाफ फर्काए । हजुरको लेख प्रकाशन गर्ने निर्णय भएको छ भन्दा भन्दै मैले जानकारी घरसल्लाह गरेर दिन्छु भने । तर घर सल्लाहमा दश हजार सहयोग गरेर सस्थापक सदस्य बन्ने निर्णय भएन । सोही कारणले मेरो लेख सम्पादन गरेर शब्द घटाएर पठाएको लेख नछाप्ने निर्णय भएको मेरो अडकल छ । धन लक्ष्मीको अगाडी सरस्वतीको अगाडी नतमस्तक भएको र धन भन्दा विद्या ठुलो भन्ने बादविवादको याद आएको छ मलाई । नत्र पहिला फोन वार्ता,पुन ःसम्पादन गरेर दिएको लेख उमानाथ शर्मा लगायतको सम्पादन,प्रकाशन समितिले अन्तिम समयमा प्रकाशन नगर्ने व्यवहार देखायो ।
सात सय वलेवालीको नौ सय फटाहा कसरी हुन्छ भन्ने भनाई मलाई अर्थपुर्ण परिभाषा थाहा छैन । प्रत्यक्ष भेटघाट नभए पनि फोन वार्तामा मिठो बोली वचन दिने सरस्वती,विद्याकी देवीको वचन बोल्ने सस्थाका जिम्मेबार महानुभावहरुबाट मलाई जस्तो थाङनामा नसुताउनुहोला अरुलाई । यदि सो लेख हिरक जयन्ती स्मारिका बाहेक माग भएका र माग नभएका अरु थुप्रै अनलाइन र पत्रपत्रिकाहरुमा प्रकाशन गर्न मलाई रुचिकर विषय हुन्छ । डा.राम बहादुर के.सी.सँग चिनजान धवलागिरी अस्पताल बागलुङमा कार्यरत हुँदा चिनजान भएको र याम बहादुर थापा भाईलाई माया लाग्छ मलाई भनेको शब्द अहिले पनि ताजा रुपमा सम्झना छ । बोली र व्यवहारमा समानता हुनुपर्छ । लोकतन्त्र,समाजबाद,सुशासन,शिक्षा,धर्मले सत्यपन खोज्छ ।
अन्तमा
मेरो सस्मरणले पक्कै बहस,पठन सस्कृति,सकारात्मक सोचमा टेवा दिने किसिमले अन्र्तक्रिया हुने छ । उल्लेखित विवरणमा प्रत्यक्ष चर्चा परिचर्चा हुन चाहेमा मैले इमेल गरेको लेखको कपी सुरक्षित भएका हिसाबले स्वच्छ तरिकाले प्रतिक्रिया माग गर्न चाहान्छु । राष्ट्रपति रामचन्द्र पौडेल,पुर्व शिक्षा मन्त्रीहरु,पुर्व सांसदहरु,नगर प्रमुख लगायत वृहत शैक्षिक सम्मेलनको कार्यक्रममा सहभागी हुनबाट वञ्चित हुन परेकोमा क्षमा चाहान्छु । समाजमा पठन संस्कृतिको सवाल निरन्तर चलिरहन्छ । लेख लेख्न कति अध्ययन, समय, योजना,शब्द,समय,धारणा,विचार,दृष्टिकोण गरेर शब्द निर्माण र बाक्य बनाउनुपर्छ भन्ने त बुझाउनु पर्दैन होला । राजनीतिक बिचार फरक भएको र मबाट आगामी दिनमा केही सहयोगको अपेक्षा नगरेका कारणले निम्छरो लेखकको लेख अपहेलित भएर प्रकाशनमा नपरेको मिठो पनि र नमिठो दुवै अन्तरंगका अनुभतिहरु छताछुल्ल भएको छ । पठन सस्कृतिका छालहरु निरन्तर बढिरहोस । सुभावना र शुभकामना असिम ह्रदय देखि राख्दछ । आफुले क,ख,ग अक्षर चिनेको विद्यालयमा केही आर्थिक सहयोग,अक्षयकोष राखेर आगामी दिनमा परिवारीक वैठकबाट निर्णय भएमा सहयोग गर्ने समय आउने छ ।























