बैतडी बस दुर्घटनाः सभापति थापाद्वारा दुःख व्यक्त, घाइतेकोे उचित उपचारका लागि सरकारसँग आग्रह

रासस
२०८२ माघ २३ | मध्यान्ह ०३:१० बजे

काठमाडौँ, माघ २३। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा १३ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो । सभापति थापाले आज शोक विज्ञप्ति जारी दुर्घटनाको खबरले आफूलाई मर्माहत तुल्याएको बताउनुभयो ।
उहाँले पीडादायी घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना र शोकाकूल परिवारजनमा पार्टी तथा आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
सभापति थापाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ ।


















