समाज

यसरी गरियो अवकाश प्राप्त कार्कीलाई विदाई

देवराजा यादव
२०८२ माघ २३ | मध्यान्ह ०१:१० बजे

सुनसरी। अवकाश प्राप्त नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक नारायण कार्कीलाई इलाका प्रहरी कार्यालय भन्टाबारी सुनसरी कार्यालयमा विशेष समारोहका बीच विदाई गरिएको छ ।विशेष समारोहमा नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्यप्रसाद अधिकारीज्यू ले फुलमाला र खादा लगाई बिदाई गरेका हुन् । अधिकारीले कार्कीलाई मायाको चिनो समेत प्रदान गरेका छन् ।

सम्मान विदाई भएका कार्कीले उक्त विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रसेवाको ३० वर्षे अवधिमा संगठनको नेतृत्व तहसम्म आईपुग्दा आफूलाई दायित्व निर्वाहमा सहयोग पुयाउने पूर्वज तथा वहालवाला सम्पूर्ण राष्ट्रसेवक नेपाल प्रहरी कर्मचारीहरुप्रति आभार प्रकट गरेका छन् ।

विदाई समारोहलाई सम्बोधन गर्दै अधिकारीले अवकाश भई जाने नारायण कार्की सरको सुखमै अवकाश जीवनको सफल कार्यकालको लागि शुभकामना समेत व्यक्त गरेका थिए स्थानियबासी र जनप्रतिनिधि पत्रकार समेत उपस्थिति भएका थिए ।

हेर्नुहोस् कार्कीको बिदाईको क्रममा देखिएका केही झलकहरुः

WhatsApp Image 2026 02 06 at 13.38.39

कमेन्टहरु