मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

सिद्धेश्वरी आवासीय विधालयमा भोट भाषाको कक्षा पढाई

उमेश रोकाया
२०८२ माघ २१ | मध्यान्ह ०१:१० बजे

‎बाजुरा, माघ २१ । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका -९ ढप्कमा रहेकोे सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय आधारभुत विद्यालयमा भोट भाषा कक्षाको पढाई सञ्चालन भैरहेको छ । जनजाती खाम्बा भोटेहरुको बहुलिता भएका हुनाले उहाँहरुको भाषा लोभ नहोस् भनेर बिहान ७ बजेदेखि ९ बजेसम्म भोट भाषा कक्षा सञ्चालन गरेको छ । आवासीय विधालय कार्यविधि २०७९ ऐन बुढिनन्दा नगरपालिका अनुसार आवासीय विधालय सञ्चालन गरिएको हो । आवासीय विधालयमा खान बस्न व्यवस्था समेत गरेका छौँ ।

बिधालयमा १ सय १५ जना बालबालिका भर्ना भएका छन । यी मध्य ६१ जना बालबालिका आवासीय भवनमा बसिरहेका छन । जसमध्ये १० जना बालबालिका आमा बुवा नभएका टुहुरा बालबालिका र कसैका आमा कसैका बुवा नभए ७ जना बालबालिका सहित ६१ जना बालबालिका आवासीय विधालयमा पठनपाठन देखि खान बस्न र उनको औषधि उपचार समेत सुबिधा दिदै आइरहेका छौँ । दुर्गम ठाउँका आमा बुवा नभएका टुहुरा बालबालिकालाई उद्धार गरेर पठनपाठन गराउदै आइरहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय आधारभूत विद्यालयका प्रधानाध्यापक रावतले बताउनुभयो । 

उच्च हिमाली भेगमा पर्ने विधालय हुँदा चिसो कारणले विद्यार्थीहरु पठनपाठनमा समस्या आइसकेपछि सुइजरल्यान्डको हाना रोबर मेडमले गर्दा १६ कोठे आवासीय छात्रावास भवन भान्सा कोठा र शौचालय सुबिधा सम्पन्न भवन अहिले निर्माण गर्ने धमाधम चलिरहेको छ ।

आवासीय विधालयमा खान बस्न व्यवस्था बाहिरबाट गरेका छौँ । २०७९ सालमा आवासीय विधालय सञ्चालन गरेको हो । अहिले विधालय भित्रै आनन्द फाउन्डेसन चलाएको छ । यसबाट तत्कालका लागि भोट भाषाको कक्षा सञ्चालन भैरहेको छ । बुढिनन्दा नगरपालिकाले भवन निर्माण गरिदिएको छ । बौद्ध धर्मको भाषा, धर्म पनि संगसंगै बच्चा हुँदाबाटै पुजापाट गर्ने जानहोस । भोटे भाषाको भाषा र रहनसहन जोगाउन भोट भाषा कक्षा सञ्चालन गरेको छ । भोट भाषा सिकाउने शिक्षकलाई हुम्ला एकजना काठमाडौ बस्दै आउनुभएको उहाँले व्यक्तिगत रूपमा आफ्नो खाता हालेर शिक्षक तलब दिइने गरेको विधालय व्यवस्थापन समिति अध्यक्ष प्रेम सिंह गुरुङले बताउनुभयो ।

कमेन्टहरु