देश

कुरीलाे र खुर्सानीकाे पकेट क्षेत्र बन्दै बगनासकालीकाे बराङ्दी

जगत ठाडा मगर
२०७८ साउन २६ | मध्यान्ह ०३:०४ बजे

पाल्पा । जिल्लाकाे बगनासकाली गाउँपालिका वडा न ८ बराङ्दी कुरीलाे र खुर्सानीकाे पकेट क्षेत्र बन्दै गएको छ । प्रधानमन्त्री कृषि अाधुनिकिकरण परियाेजना ईकाइ पाल्पाबाट अनुदान प्राप्त गरे सँगै श्री बगनासकाली कृषि बहुउद्देश्यीय सहकारी सस्थाका करिब ३६ जना कृषकहरू बारीमा नगदे बालीकाे रूपमा चक्लाबन्दी कार्यक्रम अन्तर्गत खुर्सानी र कुरीलाे खेती गरेका छन । यति बेला मकैकाे उत्पादन हुने समय भए पनि बगनासकाली बहुउद्देश्यीय सहकारी सस्थाका सदस्यहरूकाे बारीमा खुर्सानी र कुरीलाे खेती गरेको छन ।

photo 2021 08 10 15 45 24

पार्वति बस्याल अहिले ५७ बर्ष हुनु भयाे । उहाकाे बारीमा यतिबेला कुरीलाे र खुर्सानी लटरम्म रहेको छन । अघिल्लो बर्षहरूमा उहाले बारीमा मकै लगाउने गरे पनि बादर उक्त मकैमा क्षति पुर्याएर स्याहार्नै नपाउने गरेको गुनासाे थियाे । अहिले सहकारीकाे सहकार्य र प्रधानमन्त्री कृषि अाधुनिकिकरण परियाेजना इकाई पाल्पाबाट चक्काबन्दी कार्यक्रमबाट कुरिलाे र खुर्सानी खेतीमा अनुदान प्राप्त भई कृषि कर्म गर्दा अाफु खुशी भएको बताउनुभयो । उहाले अहिले ४ राेपनी क्षेत्रफलमा कुरीलाे र खुर्सानी खेती गर्नु भएको छ । अघिल्ला बर्षहरूमा मेहनत गरि लगाएकाे मकै स्याहार्ने बेलामा बादरले क्षति पुर्याए पछि स्याहार्न नपाउने गरेको बताउने बस्यालले अहिले खुर्सानी र कुरीलाे लगाए पछि बादरले क्षति नपुर्याएकाे उहाले बताउनुभयो । बस्यालकाे बारीमा यति बेला तयारी अवस्था खुर्सानी रहेका छन । भने करिब उत्पादन दिन अवस्था कुरिलाे रहेका छन । एक पटक कुरिलाे लगाए पछि लामाे समय सम्म उत्पादन लिन सकिने र बजारीकरण पनि समस्या नहुने भएकोले कुरिलाे र खुर्सानी खेती गर्दा अाफु खुशी रहेको बताउनुभयो । जाेनले अाफुहरूलाई तालिम,बीउ तथा सिचाईकाे लागि टकि,धारा समेत प्रदान गरेकोले सिचाइकाे पनि समस्या नरहेको बताउनुभयो । मिहिनेतका साथ लगाएकाे मकै स्याहार्ने बेलामा बादरले क्षति पुर्याएर स्याहार्ने नै नपाउने पिडामा रहनु भएकी बस्याल यतिबेला खुर्सानी खेती र कुरीलाे खेतीबाट सन्तुष्ट रहेको उहाकाे भनाइ छ ।

त्यस्तै साेही स्थानकी देवका बस्याल अहिले उमेरले ४० बर्ष हुनु भयाे । उहाकाे श्रीमान बैदेशिक राेजगारीका लागि लाग्नु भएको थियाे । बैदेशिक राेजगारीमा जादा श्रीमानकाे काम गर्ने क्रममा दुर्घटनामा परे पछि स्वदेश अाउनुभयाे । बैदेशिक राेजगारीमा जादा दुर्घटना परे पछि विदेश जादाकाे ऋण तिर्न पनि धाै धाै परेको बताउने अवस्थामा प्रधानमन्त्री कृषि अाधुनिकिकरण परियाेजनाबाट कुरिलाे र खुर्सानी खेतीका लागि अनुदान प्राप्त गरे पछि अहिले अाफुहरूलाई बाच्ने अाधार प्राप्त गरेको उहाले बताउनुभयो । श्रीमानले धेरै गाह्रो काम गर्न पनि नसक्ने र कृषि कर्म अाफ्नाे देशकाे माटाेमा घर परिवारसँग सक्दाे काम गर्न सक्ने भए पछि उहाहरूले कृषि कर्ममा लागेकोले अाफुहरूले बाच्ने अाधार प्राप्त गरेको उहाले बताउनुभयो । ४ बर्ष बैदेशिक राेजगारीमा विताउनु भएको श्रीमान दुर्घटना परेकाे बताउदै अाफुले अहिले सक्दाे बसेर गर्दा अाफु खुशी रहेको बताउनुभयो । अाफु श्रीमान र ३ जना छाेराछाेरी रहेको बताउने बस्यालले कृषि कर्मबाट नै परिवार जीविकोपार्जन गर्ने,छाेराछाेरीकाे शिक्षा दीक्षा कृषि कर्मबाट नै सञ्चालन गर्ने बताउनुभयो । बस्यालले अहिले अाफ्नाे २ राेपनी क्षेत्रफलमा कुरिलाे र अकबरे खुर्सानी लगाएकाे बताउनुभयो ।

photo 2021 08 10 15 44 09

प्रधानमन्त्री कृषि अाधुनिकरण परियाेजना ईकाई पाल्पा( जाेन)ले जिल्लाकाे रिब्दिकाेट माैनादी,माथागढीकाे रूप्से र बगनासकाली गाउँपालिकाकाे बराङ्दीलाई खुर्सानी तथा कुरीलाे खेतीकाे चकलाबन्दी कार्यक्रम अन्तर्गत पकेट क्षेत्रकाे रूपमा विकास गरि कृषकहरूलाई उत्पादनमूलक कार्यमा जाेडी उधमशिल बनाउनका लागि कार्यक्रम सञ्चालन गरिरहेकाे जाेन पाल्पाले जनाएको छ ।

श्री बगनासकाली कृषि बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष कृष्ण भुसालले बराङ्दीमा कुरिलाे तथा खुर्सानीकाे सम्भावनाकाे रहेको अवलोकन सहकारीका ३६ जना कृषकहरूलाई अनुदानमा कुरिलाे र खुर्सानीकाे बीउ वितरण तथा तालिम प्रदान गरेको बताउनुभयो । कृषकहरूले लगाएकाे मकै बर्षेनि जङ्गली जन्तु तथा बादरले नाेक्सानी गरेर कृषकहरू चिन्तित भइरहेको परिस्थितिमा कृषिमा बैकल्पिक तरकारी खेती अवधारणा ल्याई कृषकहरूकाे जीवनस्तरमा सुधार ल्याउनका लागि उपायहरू खाेजीरहेकाे परिस्थितिमा प्रधानमन्त्री कृषि अाधुनिकिकरण परियाेजना ईकाइले पकेट क्षेत्रकाे कार्यक्रम सञ्चालन गरेको र समुहका सदस्यहरूबीच छलफल गरि उक्त खुर्सानी र कुरिलाे पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । खुर्सानी तथा कुरिलाेलाई समय समयमा सिचाइकाे अावश्यकता पर्ने भएकोले एक एक वटा पानी टंकी,नाला,पाइपहरूकाे वितरण गरिएको बताउनुभयो । बिशेष गरि सस्थाले पछिल्लो समयमा विश्वमा फैलिएको काेराेना भाइरस काेविड १९ का कारण स्वदेश फर्किएका युवाहरूलाई मध्ये नजर गरि करिब २ सय राेपनी क्षेत्रमा कुरिलाे खेती र खुर्सानी खेती गरिएको उहाकाे भनाइ छ । समुहमा नर्सरी गर्ने अभ्यासकाे शुरूवात,अाधुनिक प्रविधिकाे प्रयाेग गरि कृषि कर्ममा सञ्चालन,बजारीकरणकाे लागि निजि तथा विभिन्न उधाेगहरूसँग सहकार्य गरि वजार व्यवस्थापन,कुरिलाे तथा खुर्सानीमा देखा पर्ने राेगहरूकाे बारेमा विभिन्न विज्ञहरूसँग सल्लाहा र परामर्शकाे साथै खेती सम्बन्धि तालिम पनि प्रदान गरिएको सहकारी अध्यक्ष भुसालकाे भनाइ छ ।

त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना ईकाइ पाल्पाका बरिस्ठ कृषि प्राविधिक दिपक भट्टराईले बगनासकालीकाे बराङ्दी क्षेत्रमा कुरिलाे र खुर्सानीकाे सम्भावना रहेकोले पकेट क्षेत्रकाे रूपमा विकास गर्नका लागि याे कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । कुरिलाे र खुर्सानीकाे सम्भावनाको क्षेत्र रहेकोले सामुहिक रूपमा कृषि कर्म गर्नका लागि कृषकहरूले माग गरे अनुसार कार्यालयबाट अनुदान तथा तालिम प्रदान गरिएको बताउनुभयो ।

photo 2021 08 10 15 44 12

कुरिलाे पछिल्लो समयमा मानिसहरूले राेग प्रतिराेधात्मक क्षमतामा वृद्धि गर्ने अनुदान तथा तालिम प्रदान गरिएको बताउनुभयो । कुरिलाे पछिल्लो समयमा मानिसहरूले राेग प्रतिराेधात्मक क्षमतामा वृद्धि गर्ने बस्तुकाे रूपमा उपभाेग गरिरहेकाे र बजारी क्षेत्रमा कुरिलाेकाे माग पनि अत्यन्तै बढी भइरहेकोले जिल्लामा कुरिलाे खेतीलाई बिस्तार गर्ने याेजनामा रहेको बेला बराङ्दीमा यस्काे सम्भावना रहेकोले कुरिलाेकाे विस्तार गरि कृषकहरूकाे जीवनस्तरमा सुधार ल्याउनका लागि याे कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

कार्यालयले अार्थिक बर्ष २०७७/०७८ काे कार्यक्रमबाट रिब्दीकाेटकाे पालुङ माैनादीलाई खुर्सानी पकेट क्षेत्र,माथागढीकाे रूप्सेलाई खुर्सानी पकेट क्षेत्र र बगनासकालीकाे बराङ्दीलाई खुर्सानी र कुरिलाेकाे पकेट क्षेत्रकाे रूपमा विकास गर्नका लागि कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । कार्यालयले सिचाइकाे लागि पाइप,टंकी प्रदान गरि सिचाइकाे व्यवस्थापन गरेको बताउनुभयो । कृषकहरूकाे बाझाे रहेको जमिनलाई खेतीयोग्य भुमिकाे रूपमा परिणत गर्ने र बादर लगाएत जङ्गली जन्तुबाट कृषकहरूले उत्पादन गरेको कृषि उपजकाे सुरक्षा गरि जीवनस्तर सुधार ल्याउन चकलाबन्दी कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

त्यस्तै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले याे कार्यक्रमबाट काेविडका कारण बैदेशिक राेजगारीबाट स्वदेश फर्किएका युवाहरूलाइ स्वराेजगार बनाउन टेवा पुगेको बताउनुभयो । जाेनले कृषकहरूलाई उत्पादनमूलक कार्यमा जाेडी सामुहिक रूपमा प्रविधिकाे हस्तान्तरण गरि अत्याधुनिक प्रविधिबाट नागरिकहरूकाे जीवनस्तर सुधार गर्न महाेत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । नागरिकहरूलाई स्वराेजगार बनाउने र अात्म निर्भर बनाउनका लागि जाेन पाल्पाले महाेत्वपुर्ण भुमिका खेलेकोले अाभार व्यक्त गर्दै गाउँपालिकाबाट गर्नु पर्ने सहयाेग प्रदान गर्ने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत बिष्णु घर्तीले परियाेजनाले बराङ्दीका नागरिकहरूलाई जीवनस्तर सुधार ल्याउनका लागि याे कार्यक्रम महाेत्पुर्ण हुने बताउनुभयो । नेपाल कृषि प्रधान देश हुदाहुदै पनि कृषिमा अाधुनिकिकरण र अत्याधुनिक प्रविधिकाे अभावका कारण नागरिकहरूले कृषि कर्मबाट लाभ प्राप्त गर्न नसकेकाे परिस्थितिमा जाने पाल्पाले चकलाबन्दी कार्यक्रमबाट खुर्सानी र कुरिलाे खेतीकाे विस्तार एवम प्रविधिकाे हस्तान्तरणबाट नागरिकहरूमा जीवनस्तर सुधार ल्याउन टेवा पुग्ने बताउनुभयो ।

प्रधानमन्त्री कृषि अाधुनिकिकरण परियाेजना ईकाइ पाल्पाले बगनासकाली बहुउद्देश्यीय सहकारी सस्थाका ३६ जना कृषकहरू अनुदानमा कृषि सामाग्री एवम प्रविधिकाे हस्तान्तरण गरे सँगै बर्षेनि बादरकाे अातंकबाट हैरान भएका कृषकहरू बैकल्पिक चकलाबन्दी कार्यक्रमबाट खुर्सानी र कुरिलाे खेती गर्न पाउँदा हर्षित भएका छन ।

कमेन्टहरु