मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

कोल्टी अस्पतालमा सिजेरियन शल्यक्रिया सफल, आमा र शिशु दुवै सुरक्षित

उमेश रोकाया
२०८२ माघ २१ | बिहान ०८:१० बजे

‎बाजुरा, माघ २१ । बाजुरा जिल्ला बुढिनन्दा नगरपालिकाको कोल्टी आधारभूत अस्पतालमा सिजेरियन सेक्शन (CS) सफलतापूर्वक सम्पन्न भएको छ । जटिल अवस्थाकी एक गर्भवती महिलाको सुरक्षित शल्यक्रिया गरिएपछि आमा र नवजात शिशु दुवैको अवस्था सुरक्षित रहेको छ्न  ।

‎उक्त शल्यक्रिया MDGP डा. रञ्जित शाहको नेतृत्वमा सम्पन्न भएको हो । शल्यक्रिया टोलीमा BN एनेस्थेसिया लालबाबु यादव, स्टाफनर्स चन्दकुमारी दानी र अ.न.मि बिमला बुढा लगायत अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मीको  सहभागी रहेको अस्पताल प्रशासन सहायक इन्द्र सुनारले बताएका छ्न ।

‎समयमै गरिएको अप्रेसन गरेका कारण  सम्भावित जटिलता टरेको र आमा शिशुको ज्यान सुरक्षित राख्न सफल भएको छौँ । सफल उपचारपछि सम्बन्धित परिवारले गहिरो खुसी व्यक्त गर्दै दुर्गम क्षेत्रमा समेत यस्तो सेवा उपलब्ध हुनु आफूहरूका लागि ठूलो राहत भएको प्रतिक्रिया दिएका छन् ।

‎दुर्गम भौगोलिक अवस्था, सीमित स्रोतसाधन तथा चुनौतीपूर्ण कार्यपरिस्थितिका बाबजुद स्थानीय तहमै सिजेरियनजस्ता जटिल सेवा उपलब्ध हुनु स्वास्थ्य प्रणालीका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ । यसले अनावश्यक रेफरल घटाउनुका साथै बिरामी परिवारको आर्थिक बोझ र समयको जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस्ता सफल शल्यक्रियाले सेवाग्राहीमा विश्वास बढाउनुका साथै स्थानीय अस्पताल प्रतिको भरोसा समेत थप मजबुत बनाएको कोल्टी आधारभूत अस्पतालले जनाएको छ ।

कमेन्टहरु