दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास, बिश्व

सनातन गौ संरक्षण अभियान युएईद्वारा श्री स्वस्थानी व्रतकथाको साङ्गेता सम्पन्न

कबिराज राजबंशी
२०८२ माघ १९ | मध्यान्ह ०७:१० बजे

IMG 20260202 WA0097

प्रवास दुवई, यूएई/ परदेशको व्यस्त जीवनबीच पनि सनातन आस्थालाई जीवन्त राख्ने एउटा सुन्दर उदाहरण युएईमा देखिएको छ। सनातन गौ संरक्षण अभियान युएईको आयोजनामा पौष शुक्ल पूर्णिमादेखि निरन्तर सञ्चालन हुँदै आएको श्री स्वस्थानी व्रतकथाको साङ्गेता मिति १ फेब्रुअरी २०२५ मा वरदुवईस्थित सिन्ध पञ्जाव रेस्टुरेन्टमा भक्तिमय वातावरणमा सम्पन्न भयो।

IMG 20260202 WA0100

जुम माध्यम र भौतिक उपस्थितिमार्फत सञ्चालन गरिएको उक्त कार्यक्रममा यूएईका विभिन्न शहरबाट श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रह्यो। भजन–कीर्तन र आरतीका क्रममा उपस्थित भक्तजनहरू भावविभोर बनेका थिए भने परदेशको भूमिमा पनि घरदेशकै धार्मिक अनुभूति झल्किएको थियो।

IMG 20260202 WA0098

कार्यक्रमको समापनसँगै सामूहिक प्रसादी ग्रहण गरियो, जसले आपसी एकता र सद्भावलाई थप मजबुत बनाएको आयोजकहरूले बताएका छन्। यसै अवसरमा जलवायु परिवर्तनविरुद्ध सचेतना फैलाउन साइकलमार्फत विश्व यात्रा गरिरहेका निरञ्जन अर्याललाई सम्मान गरिनु कार्यक्रमको अर्को विशेष पक्ष रह्यो।

IMG 20260202 WA0101

सनातन गौ संरक्षण अभियान युएईले नेपालका गुरुकुल र गौशालाहरूमा सहयोग गर्दै आएको उल्लेख गर्दै, आगामी दिनमा पनि परदेशमा रहेका नेपालीहरूलाई धर्म, संस्कृति र संस्कारमार्फत एकताबद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कमेन्टहरु