देश

ओलीको टिप्पणी- दसैं आउँदा केटाकेटी आँगनमा नाचेको जस्तो नाच्दै ठिक हुनुहुन्छ

जगत ठाडा मगर
२०७८ साउन २६ | मध्यान्ह ०२:०४ बजे

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्वाभाविक ढंगले सरकार गठन भएपछि सत्तापक्षका सांसदहरू दशैँमा केटाकेटी रमाएजस्तो रमाइरहेको टिप्पणी गरेका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले सरकार गठन भएको एक महिनासम्म पनि खुशीयाली चलिरहेको टिप्पणी गरेका हुन्। “असमान्य ढंगले सरकार परिवर्तन भएकाले होला । सत्तापक्ष गठबन्धनका मित्रहरु असाध्यै हौसिनुभएको छ । दसैं आए जसरी केटाकेटीलाई आँगनमा नाचेको जस्तो नाच्दै ठिक हुनुहुन्छ,” उनले भने ।

ओलीले सरकारले सुकुम्वासी आयोग विघटन गरेर सुकुम्वासीको घाँटी सेर्ने काम गरेको आरोप पनि लगाए । प्रतिनिधि सभा पुनःस्थापना भएपछि ओलीले पहिलोपटक संसद्मा सम्बोधन गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा संसदको बैठकमा उपस्थित छन् ।

प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रतिपक्षी दलको नेता उपस्थित हुने र प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने संसदीय परम्परा छ ।

कमेन्टहरु