धर्म–संस्कृति/रीतिथिति

बाघभैरव जात्रामा प्रर्दशन गरिने हाथु भैरवको मुर्ति निर्माण जारी

रिदेन महर्जन
२०८२ माघ १८ | मध्यान्ह ०३:१० बजे

काठमाडौं । कीर्तिपुरको आराध्यादेवी बाघभैरव जात्राको विशेष दिनमा मात्रै प्रर्दशनमा राखिने हाथु द्यः (भैरव) को मुर्ति बनाउने कार्य सम्पन्न गर्न अझै केही महिना लाग्ने भएकाे छ । भक्तपुरको थिमी नगरपालिका स्थित कलाकार गणेश प्रजापतिको घरमा बनाउने कार्य २ बर्षदेखि कार्य भइरहेको अझै जारी रहेको छ । बाघभैरव मुर्ति जिर्णाद्वार समितिका अध्यक्ष शुद्वरत्न महर्जनका अनुसार वि.स. २०७० साल बाघभैरवको मुर्ति जिर्णाद्वारका क्रममा ताम्रपत्र अभिलेख भेट्टाइएको आधारमा बाघभैरव जात्रामा स्वर्ण शक्तिभैरव मुर्ति प्रदर्शनका साथै समयबजि र हाथु भैरव मुखबाट थ्व हायेकेगु (प्रसाद) वितरण गरिने चलन रहेको जानकारी गराए । 

उनले मल्लकालकाे पतनसँगै साे संस्कृति बिलिन भएकालेलाई पुर्नउत्थान गराउनका लागि समेत स्थानीय जन समुदायहरूकाे आर्थिक सहभागितामा अहिले कार्य भइरहेकाे छ । करिब २ महिनादेखि चन्दा संकलन कार्य भइरहेकाेमा पाँच हजारभन्दा माथि आर्थिक सहयाेग गर्ने श्रद्वालुभक्तजनहरूकाे नाम शिलापत्रमा उल्लेख गरिने छ ।  अहिले अहिले मुर्ति धाल्ने कार्य सकिएकाे तथा यहि चैत्रभित्र  कतां कियेगु (कार्भिङ ) सम्पन्न गरिने लक्ष्य रहेकाे छ । 

हाथु भैरवकाे मुर्ति स्थापना गर्न धातु तथा चन्दा संकलनकाे गरेकाे तस्बिर आज भन्दा करिब ३ सय २१ बर्ष पहिला अर्थात नेपाल सम्बत ८२३ मा अगाडि प्रदर्शनमा राखिने हाथु भैरवको मुर्ति स्थापना गर्न गुँदे दापा खलःको अग्रसरतामा हाथु भैरवको मुर्ति बनाउनका लागि अहिले बिहान करिब ७ बजेदेखि ९ बजेसम्म धातु संकलन तथा अर्थ कार्य बाघभैरव मन्दिर प्रांगणमा जारी रहेकाे छ । करिब ८ फिट अग्लो हुने हाथु द्यः (भैरव) बनाउने कार्यमा पाँच हजार ५००० भन्दा बढि सहयोग गर्ने भक्तजन महानुभावको सिलापत्रमा उल्लेख गरिने भएको छ । 

हाथु द्यः (भैरव) निर्माणमा सहयताका लागि चन्दा संकलनका साथै साथै धातु संकलन (सुन, चादी) संकलन भइरहेकाे छ । आज भन्दा ३ सय  २३ बर्ष अघि  अर्थात  नेपाल संवत् ८२३ मा प्रत्येक बर्ष भाद्र १ गते सिंह संक्रान्ति बाघभैरव जात्राका दिन प्रदर्शन गरि हाथु भैरवको मुखबाट ८४ पाथी चामल को जाँड प्रवाह गरि सम्पुर्ण मा समयबजि प्रसाद बाँड्ने परम्परा अभिलेखेमा गरेकाे थियाे ।

विलुप्त भएको हाथु भैरवकाे नयाँ मूति निर्माण कार्य अनुमानित लाग्ने कुल लागत यस प्रकार छ :- हाथु भैरवको मुर्तिको अनुमानित कुल लागत रु ५०,००,००० (पचास लाख रुपैयाँ) । मुर्ति ढलाईको लागि तामा १०००किलो प्रति किलो रु १५००( का दरले १५००,०००र( पन्ध्र लाख रुपैयाँ। मुर्तिकारको ज्याला बाहेक (मुर्तिकार गणेश प्रजापति ले सम्पुर्ण कार्य श्रमदान गर्नुभएको छ। मुर्ति निर्माण को लागि अन्य सामान रु ३००,०००/-  मुर्ति कताँ कियेगु (कुंड्ने काम) अनुमानित लागत रु ५००,०००/-   तामा पाताको गहना रु २००,००० /-  (शिरको मतुक) (काम पास (छाती को कण्ठी गहना सुन जलप को लागि ४ तोला बजार मुल्य ९-१० लाख। समयबजि र जाँड प्रवाह गरि प्रसाद बाँड्न रु १०००,०००/-  (दश लाख रुपैयाँ) को अक्षयकोष। मुर्ति मा रंग, रत्न सजावट, हिटिमुगः, तामा पाइप, अन्य रु ५००,०००र अक्षर रेपी (पाँच लाख) लागत लाग्ने छ ।

प्राप्त अभिलेख यस प्रकार रहेकाे छ:-

WhatsApp Image 2026 02 01 at 15.19.43

कमेन्टहरु