प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रिय विपद् जोखिम प्राधिकरणको बैठक बस्दै

जगत ठाडा मगर
२०७८ साउन २६ | मध्यान्ह ०२:०४ बजे

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको सातौँ बैठक बस्दैछ ।
प्राधिकरणका अनुसार मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । बैठकमा विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदबाट विगतमा भएका निर्णयहरु र कार्यान्वयनका अवस्थाबारे छलफल हुनेछ ।
प्राधिकरणको अध्यक्ष प्रधानमन्त्री नै रहने व्यवस्था रहेको छ ।






















