नेमकिपा रुपन्देही क्षेत्र नं.५ का उम्मेदवारी जगिलाल थापाले दिए प्रचारप्रसारमा तिब्रता


बुटवल, माघ १८ । नेपाल मजदुर किसान पार्टीको तर्फबाट रुपन्देही क्षेत्र नं. ५ मा प्रतिनीधि सभा सदस्यमा उम्मेदवारी दिएका जगीलाल थापाले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएको छ । विगत एक दशकदेखि पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा जोडिदै आउनु भएका थापाले नेमकिपाको तर्फबाट हरेक निर्वाचनमा निरन्तर उमेद्वारी दिदै आउनु भएको छ।
देशभक्त जनताको एउटै मानक, एउटै आव्हान, मादल चिन्हमा अमूल्य मतदान भन्ने उदघोषसाथ चुनाबी मैदानमा उत्रिनु भएका थापाले जनताको प्रजातन्त्र स्थापना, देश र जनताको पक्षमा कानुन बनाउन मादल चिन्हमा मतदानका लागि देशभक्त मजदुर, किसान, शिक्षक, कर्मचारी, चिकित्सक, इन्जिनियर, सुरक्षाकर्मी, वकिल, पत्रकार, उद्योग व्यबसायी, प्राध्यापक, कलाकार, लेखक तथा साहित्यकारहरुमा आव्हानसमेत गर्नु भएको छ।
पटक पटक चुनाव जित्ने शासक दल र उमेद्वारलाई भोट दिंदा देश र जनताले व्यक्तित्व विकासमा समान अवसर पाउन नसकेको, शिक्षा र स्वास्थ्य निःशुल्कको नारा लगाएर चुनाव जितेका शासक दल र सांसदले जनतालाई झन महंगो शिक्षा र स्वास्थ्य सेवाको बन्दोवस्त गरेका कारण जनताले जिवनभर दुःख पाउनु परेको भन्दै परिवर्तनकारी र देशभक्त मतदाताहरुबाट यस पटक मादल चिन्हमा मतदान गर्न आग्रह गरेका छन ।
अन्य दलका नेताहरुले हरेक चुनावमा हात जोड्न आउने र चुनाव पछि देश र जनताको पक्षमा भन्दा ठेक्केदार, भ्रष्टचारी, कमिसनखोर, घुस्याहा र ठगहरुको पक्ष पोषणमा लिप्त हुने शासक दल र उमेद्वारहरुका विरुद्ध योग्यता अनुसार काम र काम अनुसार ज्यालाको बन्दोबस्त गर्न र व्यक्तित्व विकासमा समान अवसरको बन्दोवस्त गर्न मादलमा भोट दिएर नेपाल मजदुर किासन पार्टीका उमेद्वारहरुलाई अत्याधिक मतले विजयी बनाउनसमेत थापाले आग्रह गर्नु भएको छ।
रुपन्देहीको समानुपातिक भौतिक विकास र स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्न, देशको सार्बभौम रक्षाका लागि सिमा नियमन गर्न, घर घरमा नर्सिङ्ग सेवा र जेष्ठ नागरिकहरुका लागि जीवन निर्वाहको सामाजिक सुरक्षा भत्ता र आदरनिकेतनको व्यबस्था गर्न नेपाल मजदुर किसान पार्टीको तर्फबाट रुपन्देही क्षेत्र नं. ५ का जुझारु उम्मेदवार जगीलाल थापाले चुनाव चिन्ह मादलमा अमुल्य मतदान गरी अत्याधिक मतले विजयी बनाउन रुपन्देही जिल्ला क्षेत्र नं. ५ का देशभक्त मतदाताहरु समक्ष अपिल गरेका छन।
हरेक चुनावमा अनेक भेष र व्यवहारमा चटक देखाएर मत माग्ने भ्रष्ट, कमिसनखोर, बहुरुपी ठग, नातावाद र कृपावाद विरुद्ध स्थापनाकाल देखिनै देश र जनताको पक्षमा निरन्तर सडक र सदनमा संघर्ष गर्दै आइरहेको आम मतदाताहरु समेत विदित भएको स्मरण गर्दै चुनाव पछि आफुले मत दिएको दल र उमेद्वारदेखि पछुताउनु भन्दा चुनाव अघि नै सचेत भई आफ्नो विवेक प्रयोग गरेर मादल चिन्हमा मतदान गर्न थापाले आग्रह गर्नुभएको छ।
ग्रामिण क्षेत्रबाट अनलाईन डिजिटल पत्रिकाको रुपमा प्रकाशित हुदै आएको कञ्चन खवर पत्रिकाको प्रकाशक तथा कञ्चन सूचना तथा सञ्चार केन्द्रको प्रबन्ध निर्देशक समेत रहेका थापा नेमकिपाको एक सिपाहीको रुपमा उमेद्वार दिनु भएको हो । सञ्चारको माध्यमबाट रुपन्देहीको कृषि, खेलकुद, पर्यटन, भौतिक पुर्वाधार बिकास, शिक्षा, स्वास्थ्य तथा राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक लगायत बिषयमा प्रचार प्रसार गरी मोफसलसंग जोड्दै आएका थापाले २०७४ साल माघ १ गते ग्रामिण क्षेत्रमा पहिलो पटक सामुदायिक रेडियो कञ्चन स्थापना गर्नु भएको थियो । कञ्चन सामुदायियक सञ्चार संस्था, कञ्चन, रुपन्देहीको संस्थापक महासचिव तथा संस्थापक स्टेशन म्यानेजरको रुपमा रहेर संचारको माध्यमबाट संस्थागत गरी मोफसलसंग जोड्दै आउनु भएको छ ।
चुनाबपछि पछुताउनु भन्दा आजै बिवेक प्रयोग गरी जात, क्षेत्र, धर्म, दल र अनुहार हेरेर बजेट वितरण गर्नेहरुका बिरुद्ध नेमकिपाको तर्फबाट कञ्चन गाउँपालिकाको पदका लागि उमेद्वार बनेका थापालाई यस पटकको चुनावमा कञ्चनलगायत ५ नं क्षेत्रका मतदाताहरुले बिश्वासको मत दिने छन् । आम मतदाताले बैकल्पिक शक्ति खोजिरहेको अवस्थामा समाजवाद उन्मुख भक्तपुर मोडलको विकास गर्न पनि चुनाव चिन्ह मादलमा मत आउने बिश्वाससहित उमेद्वार बनेका थापाको “जमिन जोत्नेको सिद्धान्त लागू हुने जनताको प्रजातन्त्र स्थापनाका लागि आधार तयार गरौं, लालपुर्जाको नाममा जनतालाई पटक पटक ठग्ने शासक दलहरुलाई आजैदेखि बहिस्कार गरौं”भन्ने उनको मुख्य राजनैतिक एजेण्डा रहेको छ।























