युवापुस्ताको आवाजलाई कांग्रेसले आत्मसात् गरेको छः महामन्त्री पौडेल

रासस
२०८२ माघ १७ | मध्यान्ह ०५:१० बजे

काठमाडौँ, माघ १७। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाजलाई कांग्रेसले आत्मसात् गरेको बताउनुभएको छ ।काठमाडौँ क्षेत्र नं ४ बालुवाटारस्थित विशाल मिलन केन्द्रमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उहाँले कांग्रेसले युवा पुस्ताको आवाजलाई आत्मसाथ गर्न विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको बताउनुभयो । गत भदौ २३ र २४ गतेको आन्दोलन युवा पुस्ताको आन्दोलन भएका उहाँको भनाइ थियो ।
उहाँले आफ्नो कार्यकालमा स्वास्थ्य बिमालाई उच्च प्राथमिकता दिएको स्मरण गर्दै हाल केही स्थानमा बिमा सेवा बन्द हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।


















