निर्वाचन

पश्चिम नवलपरासी-१ मा विकासको फेहरिस्तसहित उद्योगपति विनोद चौधरी पुनः जनताबीच

नवलपुर टुडे
२०८२ माघ १७ | मध्यान्ह ०३:१० बजे

नवलपरासी । पश्चिम नवलपरासी क्षेत्र नं. १ मा चुनावी सरगर्मी निकै बढेको छ। यस क्षेत्रबाट ‘हेभीवेट’ उम्मेदवारका रूपमा चर्चित उद्योगपति एवं राजनीतिज्ञ विनोद चौधरी आफ्नो विरासत जोगाउने र अधुरा काम पूरा गर्ने दाउमा पुनः चुनावी मैदानमा उत्रिनुभएको छ।

अनुभवी नेतृत्व र विकासको पहल

यसअघि प्रतिनिधि सभा सदस्यको जिम्मेवारीमा रहँदा चौधरीले जिल्लाको भौतिक पूर्वाधार र स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण पहल गरेको दाबी गर्नुभएको छ। उहाँले आफ्नो कार्यकालमा अलपत्र परेका विकास निर्माणका आयोजनाहरूलाई सक्रिय बनाउन सरोकारवाला निकायसँग निरन्तर पैरवी गर्दै आउनुभएको थियो।

प्रमुख कामहरूको फेहरिस्त:

• पूर्वाधारमा सक्रियता: बुटवल–नारायणगढ सडक खण्ड र हुलाकी सडक जस्ता राष्ट्रिय गौरवका आयोजनालाई गति दिन तथा अन्य स्थानीय सडक सञ्जाल विस्तारमा नेतृत्वदायी भूमिका।
• स्वास्थ्य क्षेत्रमा योगदान: चिसापानी अस्पतालमा ट्रमा सेन्टर निर्माणको पहल। साथै, व्यक्तिगत रूपमा चौधरी फाउन्डेसन मार्फत चिसापानी अस्पताल, चौपत्ता सामुदायिक अस्पताल र सुस्ताका स्वास्थ्य संस्थाहरूमा आवश्यक चिकित्सा उपकरण र स्वास्थ्य सामग्री सहयोग।

एजेन्डाको प्राथमिकता: पूर्वाधार र स्वास्थ्य

चुनावी मैदानमा रहनुभएका चौधरीले यसपटक मुख्यतया पूर्वाधार विकास: यस क्षेत्रमा लामो समयदेखि रोकिएका वा सुस्त गतिमा रहेका विभिन्न पूर्वाधार आयोजनाहरूलाई सुचारु गराएको दाबी गर्दै उहाँले ती योजनाको पूर्णतालाई प्राथमिकता दिनुभएको छ।
‘हेभीवेट’ उम्मेदवारका रूपमा हेरिनुभएका चौधरीले आफ्नो चुनावी अभियानलाई उहाँले विगतमा आफूले गरेका कामहरूको फेहरिस्त सुनाउँदै अधुरा योजनाहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिरहनुभएको छ। विनोद चौधरी भन्नुहुन्छ,” नवलपरासीको माटोलाई आर्थिक समृद्धिको केन्द्र बनाउन म प्रतिबद्ध छु।” –

२०७९ को नतिजा

२०७९ को निर्वाचनमा विनोद चौधरीले यस क्षेत्रमा २९ हजार ५१९ मत सहीत विजय हासिल गर्नुभएको थियो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेको समर्थनमा चुनावी मैदानमा रहेका २२ हजार ३२८ मत सहीत जनता प्रगतिशील पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठी हुनुहुन्थ्यो। यसपटक पनि यी नेताहरूबीचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ।

जनताको अपेक्षा र सचिवालय व्यवस्थापन

विशिष्ट उद्योगपति र व्यस्त नेता भएकाले सर्वसाधारणले प्रत्यक्ष भेट्न कठिनाइ हुने जनगुनासोलाई सम्बोधन गर्न चौधरीले जिल्लामा छुट्टै सचिवालय स्थापना गर्नुभएको छ। यस सचिवालयमार्फत उहाँले जनताको काम–काज र गुनासोलाई सहजीकरण गर्दै आउनुभएको छ, जसले गर्दा मतदाता र सांसदबीचको दूरी कम भएको स्थानीयको बुझाइ छ।

एजेन्डाको प्राथमिकता: पूर्वाधार र समृद्धि

चौधरीले यसपटकको निर्वाचनमा मुख्यतया ‘पूर्वाधार पूर्णता र आर्थिक समृद्धि’ लाई मुख्य एजेन्डा बनाउनुभएको छ। उहाँ भन्नुहुन्छ— “नवलपरासीको माटोलाई आर्थिक समृद्धिको केन्द्र बनाउन म प्रतिबद्ध छु। विगतमा सुरु गरिएका तर सुस्त गतिमा रहेका आयोजनाहरूलाई सम्पन्न गर्नु नै मेरो पहिलो प्राथमिकता हो।”

स्थानीय मतदाताहरू पनि विकासप्रतिको हुटहुटी भएको नेताको खोजीमा छन्। स्थानीय मतदाता सरोज थापा भन्नुहुन्छ— “हामीलाई गफ भन्दा काम गर्ने नेता चाहिएको छ। उहाँको विकासप्रतिको हुटहुटीले हामीलाई आशावादी बनाएको छ।” आफ्नो राजनीतिक अनुभव र स्थानीय मुद्दाहरूलाई प्राथमिकता दिएका कारण चौधरी यस क्षेत्रमा बलियो उम्मेदवारका रूपमा देखिएका छन्।

WhatsApp Image 2026 01 31 at 15.12.38

कमेन्टहरु