युवा सङ्घको अध्यक्षमा गुरुङ चयन

रासस
२०८२ माघ १६ | मध्यान्ह ०४:१० बजे

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई सङ्घको अध्यक्ष चयन गरेको छ ।
सङ्घको गत जेठ १४ गते पोखरामा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित थेबे आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रहेका छन् । अध्यक्षको जिम्मेवारी पाएलगत्तै गुरुङले पद तथा गोपनीयताको सपथ पनि लिएका छन् ।


















