मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश

गाउँमा आरन पेशा लोप हुँदै

उमेश रोकाया
२०८२ माघ १६ | बिहान ११:१० बजे

बाजुरा, माघ १६ । गाउँमा आरन पेशा लोप हुँदै गइरहेको छ । हाम्रो आरन पेशा परम्परा रूपमा आसी भाडाकुडा कराउँदै जीविकोपार्जन गर्ने काम भैरहेको भएपनि अहिले गाउँ घरमा पहिला भन्दा संकटमा परेकोछ । आफुले गरेको पेशा पुस्तौंदेखिको पालामा आरन चलाउदै दिन बिताएका हुन । गाउँमा जमिन जग्गा आफ्नो पुर्खाले बनाइ दिने काम कमि हुँदा भोका नाङ्गा भएर बस्दा आरनमा आसी, कोदालो, बन्चरो र भाडाकुडा कराए बापत गहुँ कोदो ल्याउने जीविकोपार्जन गरेर परिवार पालनपोषण गरेर धान्ने काम गरेका हो ।

अहिले जमानामा फेरबदल भयो । अहिले केटाकेटी पढ् लेखाइ शिक्षित संगै जनचेतना भए । तर गाउँ घरमा कमाउने जग्गा छैन तर पेट पाल्नका लागि छेउछाउका जग्गा कमाउने गरेको छ । खेतबारीमा लगाएको बाली बादर मुसाले खाने गरेर अन्नबाली राख्दैन । त्यही सबै वन्यजन्तु खाने गर्दा जीविकोपार्जन गर्नपनि नहुने खालको अवस्था रहेकोे अमलाल लवारले बताएका छन ।

‎आरन पेशा गरेर छाक टार्न परिवारलाई मुस्किल अवस्था पुगेको छ। आफुले आरन लगाएर कारेको सट्टामा मकै, कोदो, धान, जौ र गहुँ दिएपछि त्यही घरमा ल्याएर घरामा बच्चाको पेट पाल्ने आफ्नो जीविकोपार्जन काम गर्ने गरेको छ । अहिले जमानामा फेरबदल भएर आरन पेशा निकै कम गर्ने देखिन्छ । पहिला भाडाकुडा आरनमा कारने गाउँ घरको रिति रिवाज अहिलेसम्म चलेको भएपनि गाउँमा धेरै जसो युवाहरू बाहिर हुँदा अहिले आरन पेशा छोड्दै गएका छन ।

‎भाडाकुडा कारे बापत रकम लिने गरेको छैन । पहिलो गास वास नपाएर भोको नाङ,भयौं । आरन पेशा गरेर घर खर्च चलाउने गर्थे । अहिले सबै पढलेख भएकाले पढाई तथा रोजगार सिलसिला गाउँ बाहिर जाने गर्ने चलन धेरै हुँदा गाउँमा आरन पेशा घट्दो अवस्था देखिन्छ । संस्थाले गर्दा अहिले यहाँसम्म पुग्न र जनचेतना वृद्धि बिकास भएको हो । त्यसका कारणले एक खुटकिला माथि जान सफल बन्न सकिएको हो । त्यसपछि तरकारी बिउँ, त्रिपाल, जस्तापाता सहित गाउँपालिका तथा गैरसरकारी कार्यालयले गर्दा सहयोग मद्दतले गाउँमा फेरबदल भएको धनलाल लवारले बताउनुभयो ।

आरन पेशा घाम पानी नभनी सधै व्यवसायीका रूपमा लागेर काम गर्नुपर्छ । काम गर्दै आइरहेको आरन पेशा जतिसक्दो कामकाज निरन्तर काम गर्दै आइरहेको भएपनि कमाई नहुदा आफ्ना केटा केटीलाई बिधालय पढाउन समस्या हुँदा धेरै जसो आरन गर्ने काम कमैले चलाउने गरेका छन । त्यसलाई पेशागत काम गरेर परिवार जीविकोपार्जन गर्ने काम मुस्किलमा भएको छ ।

कमेन्टहरु