‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

रासस
२०८२ माघ १६ | मध्यान्ह १२:१० बजे

काठमाडौँ, माघ १६। यहाँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा कलाकार संवाद कार्यक्रम आयोजना गर्यो ।
वरिष्ठ नेपाली कलाकार विधाता केसीका सिर्जनाहरुको उक्त प्रदर्शनीमा पाकिस्तान भ्रमणका उहाँका अनुभव तथा सांस्कृतिक, सामाजिक र प्राकृतिक विविधताबाट प्रेरित चित्र समावेश गरिएको थियो । चित्रका माध्यमबाट पाकिस्तानका रङ्गीन परिदृश्य, सांस्कृतिक धरोहर तथा स्थानीय जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गर्नुभएको छ ।


















