खेलकुद, दुबई यूएई, प्रबास, बिश्व, मनोरन्जन, स्वास्थ्य
एनआरएनए एनसीसी युएईद्वारा आयोजित चौथो NRNA Cup भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएकाे छ।


नेपाल एसोसिएसन (NRNA) NCC UAE को आयोजनामा सम्पन्न चौथो NRNA Cup भलिबल प्रतियोगिता सभ्य, निष्पक्ष र भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।
हिजो सम्पन्न फाइनल खेलमा तनहुँ सेवा समाज, UAE ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ। पर्वत–कास्की आदर्श समाज, UAE ले उपविजेता स्थान हासिल गर्दा हातेमालो, UAE तृतीय स्थानमा रहन सफल भएको छ। प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरूलाई आयोजक संस्थाले हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।
यस प्रतियोगितालाई सफल बनाउन Title Sponsor Mount Everest Supermarket, Gold Sponsor CTEI Academy तथा Silver Sponsor GCD Group of Companies सहित सम्पूर्ण प्रायोजकहरूको महत्वपूर्ण योगदान रहेको थियो। साथै स्वयंसेवक, खेलाडी, निर्णायक मण्डल तथा विभिन्न संघ–संस्थाबाट उपस्थित अतिथिहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप मर्यादित र प्रभावकारी बनाएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष श्री मनोज कुमार श्रेष्ठ (गोर्खाली) रहेका थिए। कार्यक्रममा उपमहासचिव श्री प्रविन गुरुङ, मध्यपूर्व संयोजक श्री रमेश श्रेष्ठ, मध्यपूर्व युवा संयोजकहरू श्री निराजन सिलवाल र श्री विकास साही, मानार्थ सदस्यहरू श्री भुवानी प्रसाद तिमल्सिना र श्री मणी प्रसाद भुर्तेल, आइसिसी सदस्यहरू श्री खेमराज बस्नेत र श्री दीपक खड्का लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यसैगरी जनप्रगतिशील मञ्च यूएईका अध्यक्ष श्री लक्ष्मण खनाल, प्रवासी एकता मञ्च यूएईका अध्यक्ष श्री बाबुराम सापकोटा, प्रवासी सम्पर्क विभागका अध्यक्ष श्री सुजन थापा तथा नेपाली समाज यूएईका पूर्व अध्यक्ष श्री वेद प्रसाद अर्याल लगायत जिल्ला संस्थाका अध्यक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपाल एसोसिएसन NRNA NCC UAE का अध्यक्ष श्री भिम मल्ल ठकुरी र खेलकुद संयोजक श्री अपिल भट्टराईसहित सम्पूर्ण आयोजक टिमलाई कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा विशेष धन्यवाद व्यक्त गरिएको छ।

खेलकुदमार्फत एकता, स्वास्थ्य र आपसी सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस प्रतियोगिताले आगामी दिनहरूमा पनि यस्ता सकारात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने विश्वास आयोजकले व्यक्त गरेको छ।























