उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

रासस
२०८२ माघ १५ | मध्यान्ह ०३:१० बजे

काठमाडौँ, माघ १५। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौँ उपत्यकाका सो पार्टीका १५ उम्मेदवारले आज काठमाडौँस्थित गणेश मन्दिरको दर्शन गरी चुनावी यात्रा प्रारम्भ गरेका छन् ।
यात्राका क्रममा उम्मेदवारहरूले कालभैरव, इन्द्रचोक, वसन्तपुर, नरदेवीलगायत काठमाडौँका प्रमुख शक्तिपीठ तथा धार्मिक–ऐतिहासिकस्थलको दर्शन गरेका छन् ।


















