समाज

अहिलेसम्मका चुनावले राष्ट्रघात गरी रह्यो याे चुनावले पनि अन्तिम राष्ट्रघात गर्नेछ तसर्थ याे चुनावलाई अस्वीकार गराैं´: मुक्ति गैरे

रासस
२०८२ माघ १४ | मध्यान्ह १२:१० बजे

काठमाडौ । नेपालमा पहिलोपटक २०१५ सालमा गरिएको चुनावले २००७ सालमा राजा, राणा र दिल्ली भारत शीत गरिएको त्रिपक्षीय सम्झौतालाई संस्थागत गरेर परजीवी अर्थात पराधीन बनाए ।, २०६५ सालमा गरिएको चुनावले सात दल, दिल्ली र नक्कली कम्युनिस्ट माओवादीको त्रिपक्षीय सम्झौताहरुलाई संस्थागत गर्दै अंगीकृत नागरिकता पास गरेर राष्ट्रघात गरीयाे ।,

२०७१ सालमा भएको चुनावले २०६९ सालमा पहिलो प्रतिनिधि सभा विघटन गरि २०६८ सालमा डाक्टर बाबुराम भट्टराईले व्यापार सन्धि बिप्पा सम्झौता लगायतका थुप्रै राष्ट्रघाति सम्झौताहरुलाई अनुमाेदन गरेर जनघात गरीयाे, २०७४ सालमा भएको चुनावले २०७८ सालमा प्रजातान्त्रिक काँग्रेस, लाेकतान्त्रिक एमाले र नक्कली समाजवादी माओवादी सबै मिलेर MCC पास गरेर राष्ट्रघात गरीयाे ।

अब याे २०८२ मा गरिने चुनावले अन्तिम पटक राष्ट्रिय स्वतन्त्र पार्टीकाे नेतृत्वमा SPP अर्थात अमेरिकी लगानी सुरक्षा परियोजना सम्झौता पास गरेर राष्ट्रघात गर्नेछन् । त्यसपछि अहिलेसम्म अलिअलि बचेको नेपाली राष्ट्रियता र स्वाधीनता पनि समाप्त हुनेछ, नेपाल जस्तो भुराजनितिक संवेदनशील देशलाई युक्रेनि राष्ट्रपति जेलेंस्कीले जस्तै युद्ध रणचाैकिमा परिणत गर्नेछन् ।

त्यसैले यस्ता राष्ट्रघाति र जनघाति सम्झौताहरु अनुमाेदन गर्न गरिने चुनावहरु अस्वीकार गराैं, भाेट नहालाैं, यस्ता राष्ट्रघाति चुनावलाई राष्ट्रप्रेमि, प्रगतिशील र क्रान्तिकारीहरु सबै मिलेर निकम्मा बनाई दियौं ।

(विचारक : विद्यार्थी स्वयंसेवक नेपालका केन्द्रीय संयाेजक हुनुहुन्छ ।)

कमेन्टहरु