कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
तरकारी खेतीबाट वार्षिक लाखौं आम्दानी


बाजुरा , माघ १३ । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका -२ कोल्टी गाउँ नजिकै तरकारी खेतीबाट वार्षिक लाखौं आम्दानी गर्ने गरेको छ । बुढिनन्दा नगरपालिका वडा नम्बर तीन सिराडी घर भइ हाल कोल्टी गाउँ नजिकै जग्गा भाडा लिएर तरकारी फर्म खोलेर वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्दै आइरहेका छौँ ।
तरकारी खेती विगत लामो समयदेखि विभिन्न खालका तरकारी उत्पादन गर्दै बजारमा बिक्री गर्ने गरेको छ । तरकारी खेती पहिला आफ्नो घरको करेसा बारीमा फलाउने कोल्टी बजार बेच्न गर्ने थियौं । त्यसपछि गाउँ नजिकै बिर्सैन गाउँमा जग्गा भाडा लिएर तरकारी खेती व्यवसायी गरियो ।
अहिले कोल्टी गाउँ नजिकै एक डेट वर्ष भयो, अहिले ठुलो रोपनी जग्गा भाडामा लिएर तरकारी उत्पादन संगै बैलर कुखुरा र बङगुर पाल्ने गरेका छौँ । अहिले तरकारी खेती गर्न लागेको करिब २४/२५ वर्ष लामो अनुभव रहेकोे छ । बिर्सैन गाउँमा तरकारी खेती गर्दा थोरै पैसा कृषि ज्ञान केन्द्र बाजुरा बाट केही जग्गा भाडा लिएका थियौं । त्यसको ५० प्रतिशत अनुदान स्वरुप भाडा रकम सहयोग पाएका देबु बोहराले बताउनुभयो ।
त्योभन्दा पछाडी सुदुरपश्चिम प्रदेश सरकारबाट अनुदान रकम पाएपछि तरकारी खेतीमा थप सहयोग मिलेको हो । मान्छे पैसा कमाउन लाखौं रुपैयाँ लगाएर घरपरिवार देश छोडेर विदेश गएका छन । भने आफ्नो स्वदेशमै विदेश गएको जस्तो पैसा कमाई भैरहेको छ । आफ्नै ठाउँमा बसेर मासिक ७० हजार भन्दा बढी आम्दानी हुने गरेको छ । आफ्ना बालबच्चा पढाई लेखाइ देखि घरपरिवार धान्न यहीँ तरकारी खेतीबाट पुगेको छ ।
कसैसँग अहिलेसम्म ऋण माग्नुपर्ने अवस्था छैन । तरकारी खेतीबाट कमाई राम्रै हुँदा संतोषजनक आफ्नो परिवार खुशी छौँ । अहिले तरकारी उत्पादन गरेको कोल्टी बजार दैनिक रूपमा तरकारी बिक्री भैरहेको छ । कहिलेकाहीँ हुम्ला जिल्ला सम्म तरकारी बिक्री हुँदै आएको छ । धेरै जसो मान्छेहरू तरकारी फर्म आएर तरकारी किन्ने आउने गरेका छन । हरेक दिन बिहान कोल्टी बजार तरकारी सागसब्वी, टमाटर, काउली र बन्दा ताजा बिक्री गर्ने गरेको बोहराले बताएकी छन ।
धेरै जसो ताजा तरकारी लिन फर्ममा आउने गर्छन् । बजार बिक्री गर्न लिएको भन्दा फर्म आउने ग्राहकलाई १०/१५ रुपैयाँ कम मुल्य गरेर बेच्ने गरेका छौँ । तरकारी मात्र नभई बैलर पाले संगै मासु बेच्ने गरेको छ । अहिले गाउँमा बसेर विदेशमा कमाउने पैसा आफ्नै ठाउँमा तरकारी व्यवसाय गरेर आम्दानी हुने गरेको छ । सिजनमा मात्र नभई विसनमा पनि तरकारी फलाउने बजारमा बेच्ने काम गर्दै आइरहेको छौँ ।
अहिले तरकारी खेतीबाट आम्दानी राम्रै हुँदा यसमा सन्तोष मानेका छौँ । तरकारी व्यवसाय रूपमा लागिरहेका छौँ । अहिले तरकारी फर्ममा दुबै श्रीमान श्रीमतीले काम धान्ने गरेको छ । अझै तरकारी खेती नगरपालिका संघ संस्थाबाट सहयोग पाएका छैनौं । काम गरिरहेका कृषकलाई दिएका छैनन् । अरु मान्छेले अनुदान सेवा सुबिधा लिने गरेका छन । केहि सहयोग स्थानीय, प्रदेश सरकार र जिल्ला कृषि ज्ञान् केन्द्रबाट अझ केही सहयोग जुटाएको भइदिए राम्रो हुन्थ्यो ।























