मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश
सिद्धेश्वरी आवासीय छात्रावास भवन निर्माणकार्य धमाधम


बाजुरा, माघ १३ । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका -९ ढप्कमा रहेकोे सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय आधारभुत विद्यालयमा सुबिधा सम्पन्न आवासीय विधालयको छात्रावास भवन निर्माणकार्य धमाधम भैरहेको छ ।
विधालय चिसो संगै भुकम्प कारणले भौतिक रूपमा विद्यार्थीहरु पठनपाठन विधालयको खुल्ला ठाउँमा पढाई भैरहेको विभिन्न राष्ट्रिय संचार माध्यमबाट आइसकेपछि सुइजरल्यान्डको हाना रोबर मेडमले समस्या समाधान गर्नका लागि १६ कोठे आवासीय छात्रावास भवन भान्सा कोठा र शौचालय सुबिधा सम्पन्न भवन अहिले निर्माण भैरहेको छ ।
नेफा संस्थाबाट भवन बनाउन काम भैरहेको छ । भने यसको प्राविधिक सहयोग बुढिनन्दा नगरपालिकाले गरेको छ । आर्थिक रूपमा सहयोग नेपा प्रोजेक्ट बाट भएको हो । आवासीय विधालय कार्यविधि २०७९ ऐन , बुढिनन्दा नगरपालिका अनुसार आवासीय विधालय सञ्चालन गरिएको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय आधारभूत विद्यालयका प्राधानाध्यापक तुलाबहादुर रावतले बताउनुभयो ।
यो वर्षमा १ सय १५ जना विधालय बालबालिका भर्ना भएका छन । यी मध्य ६१ जना बालबालिका आवासीय भवनमा बसिरहेका छन । जसमध्ये १० जना बालबालिका आमा बुवा नभएका टुहुरा बालबालिका र कसैका आमा कसैका बुवा नभए ७ जना बालबालिका सहित ६१ जना बालबालिका आवासीय विधालयमा पठनपाठन देखि खान बस्न र उनको औषधि उपचार समेत सुबिधा दिदै आइरहेका छौँ । धेरै जसो दुर्गम ठाउँका आमा बुवा नभएका टुहुरा बालबालिकालाई उद्धार गरेर पठनपाठन गराउदै आएका प्रधानाध्यापक रावतले बताउनुभयो ।
आवासीय विधालयमा खान बस्न व्यवस्था बाहिर बाट गरेका छौँ । २०७९ सालमा आवासीय विधालय सञ्चालन गरेको हो । अहिले राम्रो भएको छ । बच्चालाई बोको मारेको छैनौं । माहामाया फाउन्डेसन संस्थाले ठुलो सहयोग पाएका छौँ । बिदेशी संस्था द्वारा अहिले नयाँ सुबिधा सम्पन्न भवन निर्माण गर्ने अहिले भैरहेको छ । झन्डै ७० प्रतिशत काम भएको छ । बाकी काम अहिले स्थलगत रूपमा लगातार रूपमा आफू सहित खटिएर काम भैरहेको विधालय व्यवस्थापन समिति अध्यक्ष प्रेम सिंह गुरुङले बताउनुभयो ।























