प्रबास

भारतको ७७औँ गणतन्त्र दिवस : कर्तव्य पथमा देखियो सैन्य शक्ति र सांस्कृतिक झलक

एजेन्सी
२०८२ माघ १२ | मध्यान्ह ०३:१० बजे

नयाँ दिल्ली । भारतले सोमबार आफ्नो ७७औँ गणतन्त्र दिवस भव्य रूपमा मनाएको छ। 

 
 
 

india republic day (2)

नयाँ दिल्लीस्थित कर्तव्य पथमा आयोजित मुख्य समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले तिरंगा फहराएपछि राष्ट्रगानसँगै २१ तोपको सलामी दिइएको थियो। सोही अवसरमा ग्रुप क्याप्टेन शुभांशु शुक्लालाई भारतको सर्वोच्च शान्तिकालीन वीरता पुरस्कार ‘अशोक चक्र’ बाट सम्मानित गरियो।

 

india republic day (7)

 

यस वर्षको समारोहमा इतिहासमै पहिलो पटक दुई जना मुख्य अतिथि सहभागी भए। युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले विशेष अतिथिको रूपमा परेडको अवलोकन गरे। ९० मिनेटसम्म चलेको परेडमा विभिन्न राज्य र मन्त्रालयका ३० वटा आकर्षक झाँकीहरू प्रदर्शन गरिएका थिए, जसले भारतको विविधता र संस्कृति झल्काएको थियो।

 

india republic day (5)

परेडको मुख्य आकर्षण भारतीय सेनाको शक्ति प्रदर्शन रह्यो। वायुसेनाका राफेल, जगुआर, मिग–२९ र सुखोईसहित २९ वटा विमानले आकाशमा सिन्दूर, वज्रांग, अर्जन र प्रहार जस्ता रोमाञ्चक फर्मेसन बनाएर कला प्रदर्शन गरे। यस्तै, ब्रह्मोस र आकाश मिसाइल सिस्टम, सूर्यास्त्र रकेट लन्चर, र अपरेसन सिन्दूरमा प्रयोग भएका अत्याधुनिक हतियार प्रणालीको समेत प्रदर्शनी गरियो। 

समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, उपराष्ट्रपति सीपी राधाकृष्णन, गृहमन्त्री अमित शाह र विपक्षी दलका नेता राहुल गान्धी लगायतको उपस्थिति थियो।

india republic day (1)india republic day (3)india republic day (4)india republic day (6)india republic day (8)india republic day (9)india republic day (10)india republic day (11)india republic day (12)india republic day (13)india republic day (14)india republic day (15)india republic day (16)india republic day (17)

कमेन्टहरु