मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश
आर्थिक अभावले उपचार हुन नसेका नरेश थापा सहारा खोज्दै


बाजुरा, माघ ११ । बाजुरा जिल्ला हिमाली गाउँपालिका -६ पाँडी गाउँका नरेश थापा आर्थिक अभावले सहारा खोज्दै आइरहेका छन । शारीरिक अवस्था मात्र नभई आर्थिक अवस्था कमजोरी हुँदा गाउँमा रोग पालेर बसेका छन । आफू सानो ३ वर्षको हुँदा आफ्नो बुवा गुमाएको हो । अहिले घरमा आमा हुनुहुन्छ तर पनि आमाको कान र बोल्न नसकिने अवस्थाकि छन ।
”आफ्नो उमेरको दाजुभाइ पढेलेखेर आफ्ना व्यवस्था तिर लागेका छन । अहिले गाउँमा आफू गोरु बाख्रा हेरर दैनिक दिनहरू बिताउने गरेको उनले बताए ।” घरमा आर्थिक अवस्था कमजोरी हुँदा अहिले गाउँमा रोग लागेको वर्षौं बितिसक्दा पनि उपचार हुन सकेको छैनन् । अहिले आमाको भत्ताले घर खर्चदेखि लत्ताकपडा किन्ने गरेका छौँ । घरमा अरु आयस्रोत केही नहुदा मुख्य समस्या अल्झनु पर्ने बाध्यता भएको हो ।
जग्गाजमिन लगाएको बाली १२ महिना काम गरेर पनि ४ महिना धान्न सकिरहेको छैनौं । ‘अहिले साझ बिहान खाने खाद्यान्न सामाग्री जुटाउन धौधौ भएको छ । घरको अवस्था एकदमै नाजुक भएकाले मेला पर्वमा लत्ताकपडा लगाउन ऋण निकालेर किनेर लगाउनुपर्छ ।’ उनले भने, आफ्नो दाजुभाइ दिदीबहिनी साथमा कोही भएपनि केहि सहयोग मिल्थो होला । साथमा आमा मात्र भएकोले काहिँ कतैबाट सहयोग पाएका छैनौ ।
आफ्नो घरको आर्थिक अवस्था निकै कमजोर भएकाले रोग उपचार गर्न कुरै छैन । कहिलेकाही साझ बिहान खानाको लागि पनि अरु घरमा पैचो माग्नुपर्ने अवस्था भैरहेको छ । काहिँ संघ सस्था तथा स्थानीय सरकारले सहयोग केहि आर्थिक सहयोग पाएको भए आफ्नो रोग उपचार गर्ने नेपालगन्ज काठमाडौ सुबिधा सम्पन्न अस्पतालमा जाने इच्छा हुँदा पनि पैसाका कारणले गाउँमा रोग पालेर बसिरहेको उनलेे बताएका छन ।























