मधेश प्रदेश समन्वय परिषद कतारको अध्यक्षमा कलाम खान


दोहा, कतार । मधेश प्रदेश समन्वय परिषद कतारको दोस्रो अधिवेशन सप्पन्न भए सङै नयाँ नेतृत्व चयन भएका छन।
खुल्ला र बन्द गरि दुई चरणमा सम्पन्न भएको अधिवेशनबाट कलाम खानको अध्यक्षतामा नयाँ कार्यसमिति सहित निर्विरोध निर्वाचित भएका छन।
कार्यसमितिको उपाध्यक्ष दुर्गा नन्द पासवान,उपाध्यक्षहरू क्रमशः मोहमद अजाद मन्सुरी, रमेश साह र दीपेन्द्र कुमार महरा, महासचिव इसिलाल पण्डित, सचिवहरू क्रमशः जीवन न्यौपाने, शम्भु प्रसाद यादव, प्रमोद कुमार राम, सुलेमान मियाँ, मोहमद इन्तिसार आलम, सह–कोषाध्यक्ष राम जित कामत केवट रहेका छन् ।
त्यस्तै परिषद्को कार्यसमिति सदस्यहरूमा लक्ष्मण शाह, विदुर बर्तौला, धर्मेन्द्र राउत कुर्मी, कमला परियार, अलि हैदर नदाफ, मोहमद रेजा कवारी, नाजिर नदाफ, रामनन्द राम, सोहल खान, रमजान हुसैन, अमताज हुसैन, नैन भुजेल, मोहमद मजिद, मोहमद जाबिर सिद्धकी रहेका छन् भने मोहमद अमिरुल राईन सदस्य तथा युवा संयोजकका रूपमा चयन भएका छन् ।
रमानन्द राम, विदुर बर्तौला, नैन भुजेल, लक्ष्मण साह, कमला परियार, अमताज हुसैन,रमताज हुसैन, सोहैल खान, मो.रेजा कवारी, नाजिर नदाफ अलि हैदर नदाफ रहेका छन् । निर्वाचित नयाँ कार्यसमितिलाई परिषद्का संरक्षक अध्यक्ष मोहमद शकिर अलिके पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
शुक्रबार दोहाको घरवा रेस्टुरेन्टको सभाहलमा आयोजित अधिवेशनमा संस्थाका अध्यक्ष मोहम्मद नियाज शेखको सभापतित्व तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यता रहेको । कार्यक्रममा दोहामा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष प्रतिनिधि , पत्रकार , कलाकार लगायत कतारमा बसोबास गर्दै आईरहेका मधेसी दाजुभाईहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्थीले एनसीसी कतार र मधेश प्रदेशको सम्बन्ध प्रगाढ रहेको बताउँदै व्यक्तिगत रूपमा वैचारिक विचार राखे पनि कतारको कानुनले नेपालीहरू आपसमा लडेको बुझ्ने हुँदा राजनीति गर्नै चाहाने हो भने नेपाल गएर गर्न राजनीति गर्न सुझाव दिँदै सामाजिक संस्थामा राजनीति नगर्न आग्रह गरेका थिए।
पन्थीले मधेश भोट बैंक बनेको बताउँदै मधेश एक भएर परिवर्तनका लागि लाग्नुपर्ने बताए । उनले तराई र मधेश के हो त भन्ने बुझ्न जरुरी रहेको बताउँदै तराईमा विशेषत शिक्षा क्षेत्रको विकास अपरिहार्य रहेको बताउनु भयो।
हिमाल, पहाड , तराई , कोहि छैन पराई,अनेकतामा एकता भन्ने मुल नाराका साथ सन २०२1 मा स्थापना भएको संस्था हो।व्यानर अनावरण, दिप प्रज्वलन र राष्ट्रिय गानसँगै उद्घाटन गरिएको कार्यक्रमलाई वरिष्ठ उपाध्यक्ष दुर्गानन्द पासवानले स्वागत मन्तव्य राखेका थिए।
अधिवेशनमार्फत परिषद् मातहतका जिल्ला संस्था, कार्यसमितिका पदाधिकारीहरू, नैतिक भौतिक तथा आर्थिक सहयोग गर्ने व्यक्तित्वहरूसहित पत्रकारलाई समेत सम्मान गरिएको थियो ।संस्थाका सल्लाहकार चन्दविर यादवले सहजीकरण गरेको कार्यक्रमलाई सम्पन्न गर्दै सभापति शेखले अधिवेशन तथा २०२३ -०२५ को कार्यकाललाई सफल पार्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नु हुने तथा संस्थाको निम्तोलाई स्विकार्दै कार्यक्रममा उपस्थित भएका सम्पूर्णमा धन्यवाद व्यक्त गरेका थिए।























