मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुराको उच्च हिमाली भेगमा बर्षा सँगै हिमपात सुरु

उमेश रोकाया
२०८२ माघ ९ | मध्यान्ह ०९:१० बजे

‎बाजुरा, माघ ९ । बाजुरा जिल्लाको उच्च हिमाली भेगमा बर्षा सँगै हिमपात सुरु भएको छ । बाजुरा जिल्ला लगायत सुदुर पश्चिमका उच्च लेकाली क्षेत्रमा हिमापात सुरु भएको हाे । बेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । शुक्रबार साझदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको वर्षा संगै हिमपात भएको छ ।

‎बडीमालिका, बुढिनन्दा नगरपालिका हिमाली गाउँपालिका लगायतका उच्च हिमाली क्षेत्र यो वर्ष माघ महिना लागे लगत्तै सेताम्बे हुने चुचुराहरु सेताम्मे बनेका छन् । हिमाली गाउँपालिका, बडिमालिका नगरपालिका, बुढिनन्दा नगरपालिका, गौमुल गाउँपालिका, त्रिबेणी नगरपालिकाका, खप्तड छेडेदह गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिकाका लेकाली भूभागमा हिमपातसँगै बर्षा भइरहेकाे शिक्षक तुलबहादुर रावतले बताएका छन ।

‎वर्षा संगै हिमपातका कारण जिल्लाका उच्च हिमाली भेग क्षेत्र लगायतका बिद्यालयहरु समेत प्रभाबित हुने भएका छन । महिनौंदेखि पानी नपर्दा समस्यामा परेका किसान भने बर्षासँगै भारी हिमपात भएपछि खुशी भएका छन्। सिचाईकाे सुविधा नहुँदा गहुँ बाली लगाएपनि सुक्न थालेका बाली बर्षाले गर्दा किसानहरु खुसी भएका हुन् ।

हिउँदे वर्षाका कारण जिल्लाका उच्च पहाडी क्षेत्रमा लगाइका विभिन्न बालीलाई फाइदा पुगेको किसानले बताएका छन् । वर्षाले विभिन्न अन्नवाली, फलफूल र तरकारीलगायत किसानलाई फाइदा भएको कृषक बताए। वर्षा र हिमपातमा कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार वटा स्थानीय तह लगायत हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तहहरुलाई वर्षाले निकै बालिनालीमा सहयोग पुगेको कृषक राधिका रोकाया बताउनुभयो ।

कमेन्टहरु