स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस


बेलबारी (मोरङ), माघ ९। प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी सरगर्मी बढेको छ । मतदातामा चुनावी उत्साह देखिन थालेको छ । स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस सुुरु भएको छ ।
यस्ता कार्यक्रमले हाम्रा प्रतिस्पर्धी दलका उम्मेदवारभन्दा हाम्रा उम्मेदवार स्वभावतः लोकप्रिय हुने आशावादी छौँ सचिव अधीकारीले बताउनुुभयो । यसपटक हाम्राभन्दा पनि राम्रा उम्मेदवार छानेर मतदान गर्ने मोरङ क्षेत्र नं २ अमरदहका विदुर आचार्यले बताउनुुभयो । जनभावना बुुझ्ने नेता नै मतदाताको रोजाइमा पर्ने उहाँले बताउनुुभयो । “समय फेरिएको छ, भोट हालिसकेर पछुुताउनुभन्दा त्यसअघि नै सचेत भएर भोट हाल्ने योजनामा हामी छौँ”, मोरङ क्षेत्र नं ४ कसेनीका अमिन चौधरीले बताउनुुभयो ।
मोरङ क्षेत्र नं १ केराबारीस्थित भेटिनुुभएका ज्येष्ठ नागरिक शङ्कर पोख्रेल अर्का एक व्यक्तिसँग चुनावी बहस गर्दै भन्दै हुनुहुन्थ्यो, “यसपटक सचेत भएर विकासप्रेमी उम्मेदवारलाई मत हाल्नुुपर्छ, चुुनाव जितेर गाउँ भुुल्ने उम्मेदवारलाई मत नदिने ।” जिल्लामा यसपटक सात लाखभन्दा बढी मतदाता पुगेका छन् । निर्वाचन आयोगका अनुसार अघिल्लो निर्वाचनको तुलनामा यसपटक मोरङमा ४७ हजार ५२५ मतदाता थपिएका हुन् । मोरङमा पुरुष मतदाता तीन लाख ९९ हजार ६८६ र महिला तीन लाख ८३ हजार ३५७ रहेका छन् । निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध तथ्याङ्कअनुसार मोरङमा कुल मतदाता सङ्ख्या सात लाख ८३ हजार ५० पुगेको हो ।























