पशुपति क्षेत्र विकास कोषद्वारा महाशिवरात्रि तयारी

रासस
२०८२ माघ ८ | मध्यान्ह ०६:१० बजे

काठमाडौँ, माघ ८। पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वको तयारी सुरु गरेको छ । तयारीका लागि कोषले अनौपचारिक छलफलसहित सेवा शिविर सञ्चालन गर्न चाहने धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक एवं औद्योगिक सङ्घ संस्थाका लागि सूचना आह्वान गरेको छ ।
कोषले आज सूचना सार्वजनिक गरी महाशिवरात्रिमा देश विदेशबाट आउने साधुसन्त, भक्तजन तथा तीर्थयात्रीका लागि निःशुल्क रुपमा भोजन, आवास, पिउने पानी, स्वास्थ्य सेवा, स्वयंसेवक सेवालगायतका विभिन्न प्रकारका सेवा शिविर सञ्चालन गरी सेवा प्रदान गर्न इच्छुक धार्मिक, सामाजिक, शैक्षिक, औद्योगिक सङ्घ–संस्था एवं प्रतिष्ठानबाट निवेदन आह्वान गरिएको सूचना अधिकारी अनिता भट्टले राससलाई जानकारी दिनुभयो । सेवा सञ्चालन गर्न चाहने सङ्घ–संस्थाले सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा नेपाल सरकारबाट प्रचलित कानुनबमोजिम दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपिसहित निवेदन आह्वान गरिएको उहाँले सुनाउनुभयो ।


















